समुदायको विकासका लागि गुणस्तरीय शिक्षा आवश्यक-आचार्य

बागलुङ २०७३ पुस २२ । पैयुँपाटा गाविसको बास्कोटस्थित जनमत माविको ३६ औ बर्षिकोत्सव कार्यक्रम हिँजो विहिवार सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहमा प्रमुख अतिथी जिल्ला शिक्षा कार्यालय बागलुङका अधिकृत खेमप्रसाद आचार्यले समुदायको विकास लागि गुणस्तरीय शिक्षाको आवश्यक रहेको औँल्याए ।
जनमत मावि विसं २०३७ सालमा प्रावि तह स्थापना भएको थियो भने २०५९ सालमा निमावि र २०६५ सालदेखी मावि तहको कक्षा संचालन हुँदै आएको छ ।
कार्यक्रममा विद्यालय निरिक्षक विदुर शर्मा चापागाई, विद्यालयका मावि संरक्षक एवं टे«ड युनिय काँग्रेस बागलुङका अध्यक्ष रामप्रसाद अधिकारी, भुपु सैनिक समाज पैयुँपाटाका अध्यक्ष सुवेदार टेक बहादुर रोका, साना किसान सहकारी संस्था पैयुँपाटाका उपाध्यक्ष धनपति शर्मा, विद्यालयको पुर्व व्यवस्थापन समितिका अध्यक्ष भवानी प्रसाद रिजाल, विद्यालयका संरक्षक चन्द्रबहादुर खत्री, बालप्रभा प्रभा प्रावि घडेरीका प्रधानाध्यापक एकनाथ शर्मा, विद्यालय व्यवस्थापन समितिका सदस्य, रामबहादुर खत्री, शिक्षक अविभावक समितिका अध्यक्ष सावित्री शर्मा रिजाल लगायतले बोलेका थिए ।

सो अवसरमा विद्यालयका प्रध्यानध्यापक परशुराम रिजालले विद्यालयको आर्थिक तथा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालय स्थापनाकालमा अध्यापन तथा पुर्व शिक्षकहरु एकनाथ रेग्मी, नारायण प्रसाद रिजाल, बालबिकासका सहजकर्ता भगवती चापागाई लगायतलाई सम्मान गरिएको थियो । सो अवसमा विद्यालयमा अध्ययनरत विभिन्न छात्र छात्रालाई विद्यालयमा स्थापना भएको विभिन्न छात्रबृत्ति तथा प्रतिभा पुरस्कार बाट सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरप्रसाद शर्माको अध्यक्षता शिक्षक देवी रिजाल, छात्रा विमला रिजाल, छात्र श्रीराम लामिछानेको स्वागत र शिक्षक ठाकुरप्रसाद पौडेललको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.