ताराखोला जलविद्युत लिमिटेडको प्रथम साधारणसभा शनिवार सम्पन्न !

पूर्णभद्र निउरे, ताराखोला बागलुङ २९७५ पुस २१ । ताराखोला जलविद्युत लिमिटेड तारा बागलुङको प्रथम साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उदघाटन पछि बोल्दै गण्डकी प्रदेशका सांसद दिलमाया रोका गौतमले समुदायको प्रत्यक्ष निगरानी र सहभागीतामा निर्माणको अन्तिम चरणमा पुगेको जलविद्युतले यहाँका जनताको आर्थिक समृद्धिमा पनि महत्त्वपूर्ण टेवा पुर्याउने भन्दै ताराखोला गाउँपालिका बिकास र समृद्धिको लागि सम्भावना नै सम्भावनाको गाउँपालिका रहेकोले यसलाई जलविद्युत उत्पादनको माध्यमबाट थप बिकसित गराउन सकिने कुरा बताईन् ।

साधारण सभाले ताराखोला जलविद्युत लिमिटेडका अध्यक्ष धन बहादुर बिकले प्रस्तुत गरेको कम्पनीको कार्य प्रगती भावी रणनीति, योजना तथा कार्यक्रमहरु , तल्कालीन ताराखोला सामुदायिक साना जलविद्युत उपभोक्ता समितिका सचिब कुल बहादुर रोकाले प्रस्तुत गरेको ७ करोड १२ लाख ८७ हजार बराबरको आय ब्यय प्रतिबेदन र ताराखोला जलविद्युत लिमिटेडका प्रबन्धक मन बहादुर घर्तीले प्रस्तुत गरेको कम्पनी स्थापना पछिको ६२ लाख ६५ हजार बराबरको आय ब्यय प्रतिबेदनलाई सर्बसम्मत रुपमा पारित गरेको छ।

कार्यक्रममा बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रका परामर्श दाता हिक्मत चन्द, जडान कम्पनीको तर्फबाट सुर्य हाइहेक जेभी कम्पनीका प्रतिनिधि बल बहादुर केसी, ,स्मार्ट मिटर विशेषज्ञ केशब शर्मा ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिल कुमारी पुन रोका नेपाली काङ्ग्रेसका प्रतिनिधि डन्डपानी कडेल, लगायतले मन्तब्य राखेका थिए।

३८० किलोवाट क्षमताको जलविद्युत निर्माणका लागि २०६४ बाट ताराखोला सामुदायिक साना जलविद्युत उपभोक्ता समिती मार्फत निर्माण कार्य थालिए पनि बिबिध कारणबश कार्य अगाडि बढ्न नसके पछि २०७४ फागुनमा ताराखोला जलविद्युत लिमिटेड नामक कम्पनी स्थापना गरि हाल तिब्र गतिमा निर्माण कार्य अगाडि बढाइएको छ।

कार्यक्रम ताराखोला जलविद्युत लिमिटेड्का अध्यक्ष धन बहादुर बिकको अध्यक्षता सस्थापक सदस्य नरेश के सीको संचालन ताराखोला सामुदायिक साना जलविद्युत उपभोक्ता समितीका अध्यक्ष तिर्थसिह थापाको स्वागतमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *