बुर्तिवाङमा बडीगाड नदीमा चोपल्दै क्रिश्चियन धर्म परिवर्तन गराउन छुट कहिले सम्म ? !
गल्कोटमा क्रिश्चियन धर्म प्रचार गर्दै आएको सच्चाईको सत्संग संस्थालाई बन्द गर्न वडा कार्यलयको निर्देशन !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ पुस २१ । केहि वर्ष देखी गल्कोट हटियामा सच्चाईको सत्संगको नामको क्रिश्चिन धर्म प्रचारक संस्था सन्चालनमा ल्याएर धर्म परिवर्तन गराउदै आएको संस्थालाई धर्मपरिवर्तन गराउने कार्य रोक्न गल्कोट नगरपालिका वडा नं ३ कार्यलयले शनिवार निर्देशन दिएको छ ।

गल्कोटमा खुलेको सच्चाईको सत्सँग नामको संस्थार्ले क्रिश्चियन धर्म परिवर्तन गर्नका लागी विभिन्न प्रलोभनका साथै बिभिन्न किसिमका असाध्य रोगहरु निको पार्ने भन्दै भ्रम छर्न थालेको भन्दै वडा कार्यालयले आगामि दिनमा गल्कोटमा यसलाई सञ्चालन नगर्न निर्देशन दिएको हो ।

गल्कोट हटियामा गत २०७३ सालदेखि सन्चालनमा रहेको सच्चाईको सत्संग नामक संस्थाका संयोजक नुतन घर्तीले महिला तथा पुरुषहरुलाई जम्मा गरि गवाई, बचन र भजनकीर्तन गरेर रोग निको पार्ने दाबी गर्दै धर्म परिवर्तन गराउदै आएको स्थानीयको भनाई पहिले नै सार्वजनिक भएको हो ।

सत्संगका सहभागी हुनेले गवाई, बचन तथा भजन कृतन गरिरहँदा यशु, पिता, परमेश्वरको नाम लिईरहने र सहभागीहरुलाई बाईवल समेत बितरण गरिदै पढाउदै आईरहेको र सहभागीहरुबाट आफनो ईच्छा अनुसारको दान उठाउने समेत गरिएको छ । आफु सँग भएको रकम अरुलाई नदेखाई दान उठाउने ब्यक्तिको झोलामा खसाले आफुले चिताएको कुरा पुग्ने, कुनै रोग लागे निको हुने भन्ने अन्धबिश्वास समेत छरिएको छ । झोलामा जम्मा भएको रकम पोखरामा भएको कार्यालयमा यति, उति नगनि पठाउने गरिएको घर्तीको भनाई छ ।

आज गल्कोट नगरपालिका वडा नम्बर ३ को नेतृत्वमा प्रहरी, हटियाका बिभिन्न संद्य संस्थाका प्रमुख तथा प्रतिनिधि, राजनैतिक दल र पत्रकार सहितको रोवहरमा उक्त झोलामा भएको रकम हेर्दा २७ सय जम्मा भएको थियो । अधिल्लो हप्ता सम्म २,।३ सय ब्यक्तिहरु सहभागीे हुने गर्थे । आज शनिवार भने करिब ४० जना सहभागी थिए ।

गल्कोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष वीरजंग भण्डारीले आगामि हत्तादेखि गल्कोटमा धर्म प्रचारको नाममा खोलिएको यस संस्था बन्द गर्न निर्देशन दिएका छन् । उनले फेरी पनि यसरी नै भ्रम छर्दै स्थानियलाई जम्मा गरेको देखे धर्म परिवर्तन सँग सम्बन्धित कानुनी कार्वाही गर्ने बताए । पटक पटक वडा कार्यालयमा संस्थाको बिषयमा जानकारी गराउन आग्रह गर्दा समेत नआएपछि हटियाको कोटमैदान चोकमा आज सत्सँग चलिरहेको समयमा गई बन्द गर्न निर्देशन दिएको वडा सदस्य झहर बहादुर खत्रीले बताए ।

उता ढोरपाटन नगपालिकाको बुतिवाङ बजारमा खोलिएको क्रिश्चियन धर्मप्रचारक संस्था बिलिभर्स चर्च, बुर्तिवाङले केहि दिन पहिले एक स्थानीय महिलालाई आर्थिक प्रलोभनमा पारी धर्मपरिवर्तन गराएको र निज महिलालाई बडीगाड नदीमा लगेर संस्थाका तीन जना व्यक्तिहरु हात खुट्टा समाती एक जघन्य अपराधीलाई जस्तै पानीमा चोबलेर ‘इशुको विश्वास गर्छु र जीवन मरण सम्म उहाँकै आज्ञापालना गर्छु…’ भन्दै सपथ (कसम) खुवाउदै गरेको सचित्र समाचार प्रकाशमा आउदा समेत न नगरपालिका न स्थानीय प्रशासन न प्रहरी कसैले पनि चासो नदिएर खुलेआम क्रिश्चियन धर्म परिवर्तन गराउने काम भैरहेको भन्दै निसीभूजी क्षेत्रका जनताले कार्बाहीको आवाज उठाएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *