जलजलामा आयोजित महायज्ञमा दर्शनार्थीहरुको घुईँचो !

निर्मल पौडेल, कुस्मा पर्वत २०७५ पुस २१ । जलजला गाउँपालिका ३ मल्लाज वगरफाँटमा सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञमा दर्शनार्थीहरुको घुईचो लागेको छ । जलजला ३ वगरफाँट सिद्धवावा प्राथामिक विद्दालयको शैक्षिक विकासका लागि यही पुस १६ गतेवाट सञ्चालन गरिएको महायज्ञमा दर्शनार्थीहरुको भीड लागेको हो । महायज्ञमा चौथो दिन सम्म १६ लाख ८९ हजार २ सय २८ रुपैँया संकलन भएको आयोजकले वताएको छ ।

पंण्डित गुरु कमलनयन गौतमको मुखारविन्दुवाट कथावाचन र भजनकीर्तन सहित विविध सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको महायज्ञ यहि पुस २३ गते सम्म सञ्चालन हुने स्थानिय हरी जि..सी.ले जानकारी दिए । शैक्षिक क्षेत्रको विकासका लागि आयोजना गरिएको पवित्र कार्यमा सरिक भई पुण्य कमाउन आयोजकले सम्पुर्णलाई आग्रह गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *