सर्जक सबिता खत्री जिज्ञासु र गीता भण्डारीको ‘तिम्रो महल मेरो झुपडी…’ गीती एल्वम सार्वजनिक !

ताराखोला (बागलुङ) २०७५ पुस २१ । बागलुङ जिल्ला ताराखोला गाउपालिका वडा न ३ हिल काँक्राखोरमा जन्मिएकी सर्जक सबिता खत्री जिज्ञासु बिगत ३ बर्ष अगाडि साहित्यिक यात्रा सुरु गर्दै अहिले संगीतको क्षेत्रमा पनि प्रवेश गरेकी छन् ।

केही दिन अगाडी उनको लोक दोहोरी एल्बम ‘तिम्रो महल मेरो झुपडी…’ को भिडियो सार्बजनिक भएको छ । उक्त गीतको शब्द सिर्जना सबिता खत्री जिज्ञासु संगै गीता भण्डारीले गरेका हुन्। सर्जक खत्री र भण्डारीको उत्कृष्ट शब्द सिर्जना भएको गीतमा स्वर सुस्मिता घर्ती र चित्र परियारको रहेको छ भने लय राम खत्री र चित्र परियारको रहेको छ , उक्त गीतमा अभिनय दिनेश शिवाकोटी र बबिता श्रेष्ठ गरेका छन् । जेनिथ शर्माको निर्देशन रहेको गीतको छायांकन सुजन शाहीले गरेका हुन् । महेश महाराजको सम्पादन रहेको सो म्युजिक भिडियोको बजार ब्यबस्थापन हमाल म्युजिक कम्पनीले गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

0 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *