बुर्तिवाङमा उत्तरगंगा जलाशययुक्त जलविद्युत सम्वन्धी अन्तरक्रिया सम्पन्न !
निसीखोला गाउँपालिकामा पावर हाउस रहने गरी उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने !

छविलाल पाण्डे, बुर्तिबाङ २०७५ पुस २० । ढोरपाटन नगरपालिकाको ढोरपाटनमा निर्माणाधीन ८ सय २८ किलोवाट क्षमताको उत्तरगँगा जलाशय युक्त जलविद्युत आयोजना निर्माणलाई लिएर शुक्रबार बुर्तिबाङ बजारमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लामो समयसम्म बिद्युत आयोजना निर्माण चरणमा जान नसक्नु र आयोजना प्रदेश नं ४ को बागलुङमै बन्ने वा पाँच नम्बर प्रदेशको रुकुममा बन्ने बिषयमा अन्यौल छाईरहेको अवस्थामा उत्तरगंगा पावर कम्पनीको तर्फदेखि अन्तरक्रिया कार्यक्रम गर्दै निसीखोला गाउँपालिकामा पावर हाउस रहने गरी आयोजना बन्ने कुरामा आश्वस्त पारिएको छ ।

करिब दुई खर्व रुपयाँको लागतमा निर्माण हुने भनिएको आयोजनाको पाचौँ बर्षसम्म सक्नेगरी नेपाल सरकारले उपलब्ध गराएको सर्वेक्षण लाईसेन्स आगामि असार मसान्त सम्ममा सकिने भएका कारण आफुहरुले सक्रियता पुर्वक आयोजनाको पहिचान, फिजिविलिटी अध्ययन, आयोजना बन्ने आधिकारिक क्षेत्रको विषयमा अध्ययन भइरहेको बताउँदै अव असार मसान्त भित्र सरकारलाई प्रतिवेदन बुझाउने गरी अन्तिम तयारी भएको कारण प्रतिवेदन बुझाएसंगै आगामि ९ बर्षभित्र काम सक्ने गरी अगाडी बढ्ने उत्तरगँगा जलाशय युक्त जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत राजबहादुर बिष्टले जानकारी दिए ।

स्थानियले सोधेका प्रश्नको जवाफ दिँदै प्रमुख कार्यकारी अधिकृत विष्टले आयोजना निर्माणमा स्थानिय सरकार र स्थानियबासीको साथ सहयोग विना अगाडी बढ्न नसकिने बताउँदै आयोजना निर्माण स्थलका डुवान पीडित परिवारलाई आयोजना निर्माण सुरु हुनु अगावै मुआव्जा पाउने र स्थानियले कुल लगानीको १० प्रतिशत सेयर समेत राख्न पाउने व्यवस्था रहेका कारण सरकारले स्थानीयलाई मर्का नपार्ने प्रष्ट्याए ।

अन्तरक्रिया कार्यक्रममा उत्तरगँगा जलाशय युक्त जलविद्युत आयोजना सरोकार समितीका अध्यक्ष पूर्ण घर्तीले बोल्दै आयोजना हुन नदिनेगरी विभिन्न चलखेल भएका कारण सचेत भएर अगाडी बढ्नुपर्ने बताउँदै आफुहरुले विगत १० बर्षदेखि सरोकार समितीको रुपमा काम गरेपनी राजनीतिकरण हुँदा आयोजना निर्माणमा ढिलाई भईराखेको बताए ।

अन्तरक्रिया कार्यक्रमको अध्यक्षको आसनबाट बोल्दै ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले बागलुङकै एक गहनाको रुपमा रहको उक्त विद्युत आयोजना निर्माण गर्न सवैको साथ र सहयोग रहेको बताए । उनले सवैको फाईदाको आयोजना उत्तरगँगा जलाशययुक्त विद्युत आयोजना निर्माणमा आफनो नगरपालिका सहित जिल्लाका सबै नगर र गाउँपालिकाले सहयोगगर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै अतिथीका रुपमा रहेका निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बोल्दै व्दन्दकालदेखिनै उत्तरगँगा हाईड्रोको विषयमा आफुहरुले समेत महत्वपुर्ण भुमिका निर्वाह गरिएको बताउँदै जिल्ला र प्रदेशकै गहनाकोरुपमा रहेको विद्युत आयोजना निर्माणमा आफनो तर्फदेखि पुर्ण साथ र सहयोग रहने बताउँदै कार्यसम्पादनमा ढिलाई गर्दा सवैलाई घाटा हुनेभएका कारण चाँडो भन्दा चाँडो आयोजनालाई अगाडी बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

उता तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै ढोरपाटन क्षेत्रकोमात्र नभएर राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको विधुत आयोजना बन्नु यसक्षेत्रका जनताको शिर उचो हुने भएका कारण उक्त आयोजना बन्नमा हामीसबै मिलेर अगाडी बढनुपर्नेमा जोड् दिए ।

वडीगाड गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बोल्दै विद्युत आयोजना निर्माणमा भइरहेको धिलाईमा सबैले एकजुट भएर चाँडो निर्माणको चरणमा अगाडी बद्न दवाब दिँदै विकासका निम्ती सवैले एक्यबद्धता जनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रमका अवसरमा स्थानियको तर्फदेखि गृहप्रसाद घिमिरे, रामप्रसाद आचार्य, प्रतिक घर्तिमगर, शेरमान घर्तिमगर, सौम पौवी, प्रेमबहादुर बुढा, नन्दे सुनार, सूर्यबहादुर घर्ती, अशोक विश्वकर्मा, लगाएतले आफनो जिज्ञासा सुझाब राखेका थिए । सहभागी सबैले आयोजना बन्नेमा कसैको पनि विबाद नरहने भन्दै आयोजना निर्माणको क्रममा डुवान पीडित परिवारलाई मुआव्जा व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.