गल्कोट चरौँदीमा करिब २ किलोमिटर गारेटो बाटो मर्मत !

घनश्याम गौतम गल्कोट २०७५ पुस २० । गल्कोट नगरपालिका वडा नं ६ चरौदीमा करिब २ किलोमिटर गोरेटो बाटो मर्मत कार्य सम्पन्न भएको छ । नगरपालिकाले आर्थिक बर्ष २०७५÷०७६ मा बडा स्तरीय पुर्वाधार विकास तर्फ बिनियोजित बजेट ५० हजार र स्थानियको जनश्रमदानबाट पार्वती माध्यमिक विद्यालय देखि पक्की पुल सम्मको गोरेटो बाटो मर्मत गरिएको हो ।

वर्षातको समयमा खोलाले बाटोको कटान गरेको थियो । खोलाले बाटोको कटान गरेपछि स्थानिय र पार्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई असहज भएको थियो । अहिले बाटो मर्मत गरिए सँगै स्थानियलाई गाई बस्तु ओहोर गराउन र विद्यार्थीलाई समेत यात्रा गर्न सहज भएको समितिका अध्यक्ष महेश उप्रेतीले जानकारी दिए । मंसिर १५ गतेबाट निर्माण शुभारम्भ गरिएको पार्वती माध्यमिक विद्यालय देखि पक्की पुल गोरेटो बाटोको मर्मत पुस १९ गते सम्पन्न भएको निमार्ण समितिका सचिव पुर्ण कुमारी खत्रीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *