राम्चे ढुङ्गामा पर्या-पर्यटन तथा उद्यान पार्क निर्माणको लागि सम्भाव्यता अध्ययन !

थम्मन थापा गल्को २०७५ पुस २० । पर्यटकीय स्थल राम्चे ढुङ्गामा पर्यापर्यटन तथा उद्यान पार्क निर्माणको लागि सम्भाव्यता अध्ययन गरिएको छ । गल्कोट नगरपालिका ७ मल्म राम्चे ढुङ्गालाई पर्यटकीय क्षेत्रको रुपमा थप विकास गरि आन्तरिक तथा बाह्य पर्यटक आवागमनमा वृद्धि गरि आर्थिक समृद्धिको निमित्त सम्भाव्यता अध्ययन गरिएको राम्चे ढुङ्गा पर्यटन विकास केन्द्रका अध्यक्ष अम्मर थापा विष्णुले जानकारी दिए ।

समृद्ध गल्कोट नगर निर्माणमा सहयोग पुगोस भन्ने हेतुले सम्भाव्यता अध्ययन सॅगै विकासका सम्भावनाहरुलाई क्रमश जोडदै लैजाने अध्यक्ष थापाले बताए । सम्भाव्यता अध्ययन पछि राम्चेढुङ्गा पर्या पर्यटन तथा उद्यान पार्कको निमित्त उपयुक्त रहेको अध्ययनकर्ता तथा सभ डिभिजन वन कार्यालय गल्कोटका सहायक वन अधिकृत मदन सुवेदीले बताए । प्राकृतिक सौन्दर्यतालाई अभिवृद्धि गर्न विभिन्न किसिमका बोट विरुवाहरुको वृक्षारोपण गरि जैविक विविधता संरक्षण सम्वर्धन गरि पर्या पर्यटनमा यसले थप टेवा पुग्ने सहायक वन अधिकृत सुवेदीको भनाई छ ।

यसले स्थानियको आय श्रोतमा वृद्धि गरि आर्थिक समृद्धि हाँसिल गरि गल्कोट क्षेत्रको पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने समेत राम्चे ढुङ्गा पर्यटन विकास केन्द्रले विश्वास लिएको छ । समुद्री सतह देखि ६ हजार २ सय फिटको उचाईमा अवस्थित पर्यटकीय स्थल राम्चे ढुङ्गा भौगोलिक रुपमा प्राकृतिक सौन्दर्यताले भरिपुर्ण ठाउॅ हो । त्यहाँबाट विभिन्न मनोरम हिम शृङ्खलाहरु, गल्कोट क्षेत्र सॅगै, छिमेकी जिल्लाहरु, सुर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिने वडा नं ७ का कार्यवहाक वडा अध्यक्ष लोक बहादुर थापाले जानकारी दिए ।

राम्चे ढुङ्गा पर्यटन विकास केन्द्रले पर्यटनको विकासको निमित्त निकट भविष्यमा दरमखोला भिमसेन ढुङ्गादेखि राम्चे ढुङ्गा हुँदै घुम्टेसम्म रेलिङयुक्त पदमार्ग, राम्चे ढुङ्गाबाट प्यारागलाईडिङको उडान गर्न धावन मार्ग ९रन वे० निर्माण, मल्म पाण्डवखानी सडकको स्तरोन्नति, टोकरीमा होम स्टे निर्माण गर्ने र अर्गानिक खानालाई प्रवर्धन गर्ने लक्ष्य लिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *