फिल्डमै नगएर बसीबसी भत्ता खान्छन तथ्यांकका हाकिम !

विजय राना, बागलुङ २०७३ चैत २ । बागलुङ स्थित शाखा तथ्यांक कार्यालयका प्रमुखले बसीबसी भ्रमण भत्ता बुझ्ने गरेको रहस्य बाहिर आएको छ । आफै भ्रमण आदेश बनाउने भ्रमणमा नजाने तर भत्ता बुझ्ने गरेकोे श्रोतले बतायो ।

पछिल्लो पटक, शाखा तथ्यांक कार्यालयका प्रमुख मुकुन्द प्रसाद शर्माले वार्षिक घरपरिवार सर्वेक्षण २०७३ को निरीक्षण भनी २०७३ फागुन १७ देखी ऐ २१ गते सम्म ५ दिनको भ्रमण आदेश बनाएर कार्यस्थल (फिल्ड)मै नगएर भत्ता लिने गरेको श्रोतको दाबी छ ।

‘भ्रमण आदेशमा उल्लेखित मितिमा हाकिम साहेब जिल्लामानै हुनुहुन्थ्यो’ कार्यालय श्रोतले भन्यो, ‘भ्रमण गरे बापत दैनिक १६ सय रुपैयाँ पाईने व्यवस्था छ ।’

समाचार अनुसार हाकिम साहेव जिल्लाबाट बाहिर जाँदा निमित्त प्रमुखको जिम्मेवारी समेत कसैलाई नदिने गरेकोले कार्यालयमा आउने सेवाग्राही मर्कामा पर्ने गरेका छन् ।

तर प्रमुख शर्माले आफुले त्यस्तो नगरेको बताउछन् । भ्रमणमा गएको ठाउँकोमात्र भ्रमण आदेश भर्ने गरेको उनको भनाई छ । उनले आफुले जिल्ला छोड्दा लेखापाललाई निमित्त प्रमुखको जिम्मा दिने गरेको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.