लोकगायक तथा शब्द सर्जक अर्जुन बिरहीको टुनी पलायो बोलको लोक गीत बजारमा !

टिकाराम भट्टराई, बुर्तिबाङ ,२०७५ पुस २० । बडीगाड गाउँपालिकाको गोठानमा जन्मी ढोरपाटन नगरपालिका वडा नम्बर ३ बिस्मोरलाई कर्मथलो बनाएका लोकगायक तथा शब्द सर्जक अर्जुन बिरहीको टुनी पलायो बोलको लोकगीत बजारमा आएको छ ।

लोकगीत र अभिनयको धारबाटै आफुलाई अगाडि बढाईरहेका बिरहीले मायाँ लगाएका जोडीहरु बाध्यताले नचाहदा नचाहदै छुट्नु परेको ब्यथा गीत मार्फत ब्यक्त गरेका छन ।

अर्जुन बिरहीको शब्द रहेको गीतमा बिरही र सपना बि सीको स्वर सुन्न सकिन्छ । उक्त भिडियोमा बिरही सगैँ बसन्ती भट्ट र पुस्कर बिदारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । लामो समय देखि गीत सगिीतको क्षेत्रमा काम गर्दै आईरहेका बिरहीको शब्द र सगींत गरेर करिब ४५० पुगेका छन । ए बि आर डिजिटल म्युजिक प्रा.लि मार्फत गीत बजारमा आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *