मुक्तक : अपराधीलाई नै सपथ खुवाउछ सरकार … !

अपराधीलाई नै सपथ खुवाउछ सरकार।
फेरि जेल पठाउछ अनि रुवाउछ सरकार।।
अझैपनि न्याय दिलाउने आश्वासन दिन्छ,
पीडितलाई बहाना मै भुलाउछ सरकार।।
*
वाइडबडी ठूलो कि वाइडभुडी ठूलो।
देखिन्छ यहाँ महल भन्दा झुपडी ठूलो।।
काम गर्नेको मनपरि चल्ने चाकरीमा,
छुट्याउनै गाह्रो बोक्रा कि गुदी ठूलो।।
**
यहाँ पानी जहाज आयो अनि रेल आयो।
चोरलाई चौतारो साधुलाई नेल आयो।।
कति सुन्नु कति हेर्नू र पत्याउनु खै अब,
झुठा सपना बाड्दै कुर्सी पुग्ने खेल आयो।।
***
राम प्रसाद शर्मा
बागलुङ,
२०७५ पुस २० ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *