बिहुँ – ५ का भूकम्प पीडित पदमबहादुरलाई जीवित अवस्थामा आफ्नै घरमा बस्न नपाएर मर्ने चिन्ता !

भरत सापकोटा, बागलुङ बिहुँ २०७५ पुस १९ । बागलुङ जिल्लाको काठेखोला गाउंपालिका बिहुकोट वडा ५ साबिक वडा ७ मौर्भिरमा बस्ने पदम बहादुर सापकोटालाई आफु जीवितै हुदै आफ्नै घर बस्न नपाएरै मर्ने हुँ कि भन्ने चिन्ताले सताउन थालेको छ।

२०७२ बैशाख १२ गते नेपालीहरु का लागि निक्कै दर्दनाक दिनले रुवाउदै ठुलो पीडा दियो त्यो पीडा बाट अछुतो छैनन् पदम बहादुरपनि । सम्पतिको नाममा तेहि एउटा घर थियो त्यहि घर पनि चर्केर चिरा चिरा पर्यो उनले भने कस्ले बनाईदिने सरकारले बनाईदिन्छ भन्ने सुनेका उनि यतिका समय बित्दा समेत कसैले चासो नदेखाएपछि दीन दुखी र गरिबका लागि सरकार पनि छैन, गाउका ठुलाबडा र पहुच वालाकै घरहरु परेका छन् ।

आफ्नो पक्षमा बोलिदिने कोहि नभएकाले आफु अरुले घर बनाउदा सम्म टुलुटुलु हेरेर बस्नु सिवाय केहि विकल्प नभएको उनको भनाई छ। तेति बेला तत्कालीन वडा नागरिक मन्च र गाबिस सचिव नेपाल प्रहरी लगाएत अन्य गन्य मान्यहरु र पहुँच वालाहरुले घर देखाएर भुकम्प पीडितका रुप रकम बुझिसके कतिले घर बनाए कतिले तेहि घर पनि बनाएका छैनन् उनले तेहि चिरा परेको घर हेर्दै भने कसरी संकलन गरियो होला भुकम्प पीडितका घरहरुको बिबरण ? म कसरी छुटेको हुम्ला ? आखिर म गरिब भएकै कारण र पहुँच नहुनाले त होला नि, भन्दै प्रश्न गरे । उनले भने सामान्य घर गोठ क्षति भएकाले र पहुच हुनेको नाम संकलन गरियो र उनिहरुको नाममा रकम समेत आयो तर आफ्नो घर चिरा चिरा परेर बस्न नहुने हुदा समेत कसैले चासो नराखेको उनको गुनासो छ।

उमेर ले ६४ बर्ष लागेका उनको जग्गाको नाम तेहि घर भएको सानो टुत्रmा र सानो खरबारी मात्रै छ । हाल उनकै सालाको कटेरामा बस्दै उनले आफ्नो सास छउज्जेल आफ्नो घर बनाउन सक्ने अवस्था समेत छैन । आर्थिक अवस्था निक्कै कमजोर रहेका उनको उनि र श्रीमती छन् । आम्दानीको कुनै स्रोत छैन । दुई जनालाई ज्याला मजदुरी गरेर समेत बाँच्न कठिन परिरहेको यो अवस्थामा घर नहुनु र संकलन गर्न आउदा पनि उनकै मात्र घर छुट्नुले दुखी मात्र छैनन् उनि गरिब र निमुखाका लागि सरकार भएको समेत महसूस नभएको बताए।

यसै बिषय वडा अध्यक्ष शिव कडेंललाई सोद्धा आफुलाई केहि दिन पहिले मात्र जानकारी भएको र जानकारी पाउनु अगाबै पुन छनोट समय समेत जानकारी दिदै कुनै विकल्पबाटै भए पनि त्यो घर बनाउने योजना रहेको बताए। यसै बिषयमा पुन निर्माण प्राधिकरण बागलुङमा जानकारी लिदा छुटेकाहरुले गुनासो कार्यक्रममा सहभागि बनेकालाई सिफारिस गरिसकिएकाले अहिले तत्कालै केहि गर्न नसकिने जानकारी दिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *