हातमा सीप भए जानु पर्दैन विदेश : सिपालु जग बहादुर, काठका भाडाँकुडाँ बनाएरै गर्छन मनग्य आम्दानी !

टिकाराम भट्टराई, बुर्तिबाङ २०७५ पुस १९ । ढोरपाटन नगरपालिका वडा नम्बर ३ मुर्छाका सिपालु जग बहादुर बिकले काठका भाडाँकुडाँ बनाएरै मनग्य आम्दानी गरिरहेका छन ।

उनले काठको ठेका ठेकी, ओखल, थाल, गिलास, दियो, भुर्की लगायत सजावटका अन्य सामाग्री सगैं चोयाको डोको समेत बुन्ने गर्छन । आफ्नो बुबाले अंगालेको यो पेशा जग बहादुरले रहरै रहरमा विभिन्न चुनौति संगै सिकेर यो अवस्थामा आएको सम्झन्छन । सामान्य परिवारमा जन्मिएका जग बहादुरका बाबु बाजेले पनि सोहि पेशाबाट आफ्नो घर परिवार जनतन चलाईरहेका थिए । गाउँघरमा काठका भाँडा कुद्ने सिपमलुलाई अरुको तुलनामा केहि सम्मान दिईन्थ्यो । जग बहादुर भने “पहिले पहिले बिशेष दिन चार्डपर्वमा मात्र भात खाने चलन थियोे अब बुबा सगं काममा जादाँ बुबाले ठेका कुद्नुहुन्थ्यो मैले चाहि ठेका तान्दथे, अनि भात पनि खान पाईन्थ्यो” भात खाने लोभैले भएपनि हिडिन्थ्यो अनि मनमा लाग्थ्यो मैले पनि यो सिप सिक्नु छ । पछि पछि बुबाको आखाँ छलेर भएपनि सामान (बाघ) चलाईन्थ्यो । एक पटक त चलाउदाँ चलाउदै ठेका बिगारेर कारवाहीमा परेको समेत जग बहादुरले स्मरण गरे ।

१५ वर्षको उमेरबाट बाबुसगं हिडेका उनले १७ बर्षकै कलिलो उमेरमा बिहे गरेका थिए । बुबा पनि वृद्ध भईसकेका थिए, अब बिहे गरेपछि केहि जिम्मेवारी काधँमा प¥यो । अनि बुबा भन्दा आफुनै हिड्न थालेको उनले बताए । केहि पाखो बारीमा परिवार जनसगैँ जनतन परम्परागत कृषि पेशा गरिरहेका थिए । छोरा छोरी पनि हुर्कदै गइरहेका थिए । आफ्ना दाजुभाई सगैँ गाउठाउँका साथी भाई पनि पैसा कमाउनको निम्ति जलन्दर जाने क्रम चल्न थाल्यो तर उनलाई सीप भए गाउँठाउमै राम्रो कमाई हुनाले विदेशै धाईरहन जरुरी नहुने सोचका साथ गाउँठाउमै केहि गरेर बस्ने बिचार गरी बसेको उनले बताए ।

‘यो पेशालाई व्यवस्थित बनाउन सीपको जरुरी छ । विदेशमा पोखिने श्रम र पसिनाबाट हाम्रै पाखो भित्तामा पनि सुन फलाउन सकिने समेत उनको भनाई थियो ।
यो ठेका बनाउने पेशालाई निरन्तरता दिन सकेमा विदेशमा भन्दा बढी आम्दानी गर्न सकिने बिकले बताए । उनले यो पेशाबाट आफ्ना छोरा छोरी पढाएर, घरखर्च चलाएर जनतन गाउँमा नै २१ रोपनी बराबरका जग्गा जमिन जोडेको र अहिले छोरा छोरीको बिहे पनि भैसकेको र बाबुको पेशा नथामेपनि अन्य व्यापार ब्याबसायबाटै छोराहरुले राम्रो आम्दानी गरिरहेको समेत बताए । ‘काठका भाडाँ बनाउन बढी मिहिनेत गरेर काम गर्न सक्नेका लागि यो पेशाले रामै्र सन्तुष्टी दिने हुनाले योे पेशाप्रतिको चासो लिने युवालाई पैसा कमाउन विदेशै गइरहन नपर्ने उनको बुझाई छ ।

उनलाई महिनामा ३० देखि ४० वटाको हाराहारीमा ठेका र ओखलको माग आउने गरेको र त्यसमा पनि बजारमा सजावटका निम्ति बढि माग हुने गरेको उनको भनाई छ । जगबहादुरले एकै लटबाट १० देखी १२ हजारसम्मको कमाई गर्ने गर्दछन भने प्राय ठाउँहरुमा अधियाँ नै गर्ने गर्दछन तर पनि माग धान्न गाह्रो परिरहेको बताए । आफ्ना छोराहरुले उक्त पेशा नसिकेकोमा दुख लाग्ने गरेको बताउदै आफ्नो पाला पछाडी पेशा नै लोभ भएर जाने गुनासो समेत गरे ।

जग बहादुरका ३ भाई छोरा र ३ बहिनी छोरी छन भने श्रीमतीको गत वर्षमात्र निधन भएको थियो । अहिले माईलो छोरा सगं बसिरहेका उनले आफुले सकेसम्म सोहि पेशा गरिरहने समेत बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *