११ बर्ष कतारमा बिताएका युवा व्यवसायी अदै, अहिले आफै ३३ जनालाई रोजगारी दिन्छन् !

छविलाल पाण्डे बुर्तिवाङ २०७५ पुस १८ । एघार बर्षसम्म बैदेशिक रोजगारीमा कतारमा बसेर मिहिनेत गरेका साबिक बोवाङ गाउपालिका बोवाङ स्थायी घर भै हाल ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारमा निर्माण व्यवसाय गर्दै आएका दीपक कुमार अदैले यतिबेला ३३ जनालाई रोजगारी दिएका छन् ।

रोजगारीको क्रममा खाडी मुलुकमा धेरै अनुभव बटुलेका स्थानिय युवा दिपक कुमार अदैले बुर्तिबाङ बजारमा सञ्चालमा ल्याएको कन्ट्रक्सन, वर्कसप तथा विभिन्न सवारीका साधानमा गरी स्थानिय र बाह्य गरी ३३ जनालाई आफुले रोजगारी दिएको बताए ।

अव विदेशमा मात्र होईन आफनै गाउँमा केहि गर्नुपर्छ भन्ने मान्यताका साथ गतबर्ष देखि एसी कन्ट्रक्सन, वर्कसप, सञ्चालन गरेका अदैको फर्ममा यतिवेला विहान देखि बेलुका सम्म कर्मचारी ÷कामदार व्यस्त देखिन्छन । मासिक रुपमा कर्मचारी खर्चमात्रै ६ लाख ५० हजार भुक्तान गर्ने उनले बताए ।

हाल कन्ट्रक्सनमा १७ जना, वर्कसपमा १० जना, डोजरमा २, ट्रिपरमा १, ट्याक्टरमा १, जेसिवीमा १ र लेखापाल १ गरी उक्र सँख्यामा रोजगारी दिइएको उनले बताए ।

पछिल्लो समय सामाजिक कार्यतर्फ समेत अग्रसर रहेका अदैले आर्थिक बर्ष २०७५÷७६ मा राज्यलाई ३६ लाख बढिको कर तिरेको बताउँदै बार्षिक रुपमा आफुले कमाएको रकमको मुनाफाबाट २५ प्रतिशत रकम सामाजिक कार्यमा खर्च
गर्ने समेत उद्धघोष गर्दे आएका छन् ।

हाल सामाजिक क्षेत्रतर्फ ढोरपाटन नगर स्तरीय चेम्बर अफ कर्मसका अध्यक्ष, बुर्तिबाङ ट्याक्सी यातायात व्यवसायी समितीका कोषाध्यक्ष , ढोरपाटन नगरस्तरीय खानेपानी आयोजनाका सचिव पदमा रहेका उनि कतारमा रहँदा ४ बर्षसम्म बुर्तिबाङ ढोरपाटन सेवा समाज कतारको अध्यक्षको रुपमा कार्यरत थिए ।

धेरै क्षेत्रमा मिहिनते गरेका अदैको सन्देश छ आफनै गाउँमा लगानी गर्न सके पैसा कमाउन समस्या छैन् अर्कातर्फ स्थानिय युवा पिँडीलाई रोगजारी दिन सके थप राम्रो हुने बताउँदै लाखौँ रुपैया खर्चिएर बैदेशिक रोजगारी तर्फ आकर्षित हुनु पछिल्लो परिवेशमा जायज नहुने उनको तर्क छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *