ठुलो परिमाणमा अवैध लागु औषध बरामद गर्न जिल्ला प्रहरीलाई सफलता !
बिजय खाजाघर सन्चालिका शान्ति कुँवर एक्लैबाट यो अवैध कारोबार असम्भव – सूत्र !

बागलुङ २०७५ पुस १८ । प्रहरीले बागलुङ नगरपालिका ४ उपल्लाचौरमा विजय खाजाघर सन्चालन गर्दै आएकी बागलुङ नगरपालिका १३ पैयुँपाटा स्थायी घर भएकी ४३ बर्षिया शान्तिदेवी कुँवरको घरबाट ठुलो परिमाणमा लागु औषध बरामद गरेको छ । प्रहरीका अनुसार आज निज कुँवरले सन्चालन गरेको खाजाघर पछाडीको खाली जमीन मुनी लुकाई छिपाई राखेको अवस्थामा यति धेरै मात्रामा अवैध .लागु औषध बरामद गरिएको हो ।

अनुसन्धानको क्रममा रहेकी निज अभियुक्त कुँवरले देखाएको जमीनमा उत्खनन् गर्दा प्लाष्टिकको बोरामा प्लाष्टिकको डिब्बा भित्र २ मिलि लेखिएका डाईजेपाम १०५, फेनार्गन १०५ र नुर्फिन १०५ एम्पुल प्रहरीले बरामद गरेको होे ।

जिल्ला प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार बानपा ४ उपल्लाचौर स्थित नेपाली सेनाको २३ नं बाहिनी अड्डा नजिकै होटेल बिजय खाजाघर सन्चालन गरी बस्ने कुँवरले खाजाघरमा अवैध लागु औषध (डाइजेपाम, फेनार्गन र नुर्फिन) लुकाई छिपाई राखी विक्री वितरण गर्ने र तत्काल पैसा तिर्न नसक्ने लागुऔषध प्रयोगकर्ताहरुको मोबाईल, ल्यापटप लगायतका सामाग्री धितो राखी लागु औषध दिने गरेका भन्ने विशेष सुराकीको आधारमा निजलाई गत पुस १४ गते प्रहरी निरीक्षक परशुराम मल्लको कमाण्डमा गएको टोलीले पक्राउ गरी निजले सन्चालन गरेको बिजय खाजाघर खानतलासी गर्दा माथिल्लो तलामा लुकाई छिपाई राखेको अवस्थामा २ एमएल लेखिएको डाइजेपाम, फेनार्गन र नुर्फिन २/२ एम्पुल र लागुऔषध प्रयोगकर्ताहरुले धितो राखेको विभिन्न ब्राण्डका मोबाईलहरु स्यामसुङ मोबाईल ५, कलर्स मोबाईल १, नोकिया मोबाईल १, डाईमण्ड मोबाईल १, सोलार पावर बैँक १, आईफोन १, इन्टेल लेखिएको ट्याब १, एसर ल्यापटप १ समेत बरामद गरी प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको अवस्थामा आज निज कुँवरले देखाएको खाजाघर पछाडीको जमीनमा उपरोक्त अवैध लागु औषध बरामद भएको हो ।

बिजय खाजाघरकी सन्चालिका कुँवर एक्लैले यति ठुलो परिमाणमा अवैध लागु औषधको कारोबार गर्ने कुरा विश्वनीय नभएको बताउदै यस कारोबारमा अरुको संलग्नता रहेको हुन सक्ने श्रोतको दाबी छ । प्रहरीले सबै कोणबाट अनुसन्धान अघि बढाई बास्तविक अवैध लागु औषध कारोबारी पत्ता लगाउन कुनै कसर बाँकी नराख्ने जनविश्वास रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *