कृष्ण आधारभूत विद्यालयको बार्षिकोत्सवको अबसरमा स्पोर्ट्स ड्रेस बितरण !

रामशरण पोखरेल, बागलुङ २०७५ पुस १७ । बागलुङ नगरपालिका ५ मालिका स्थित श्री कृष्ण आधारभुत बिधालयको ५८औं बार्षिकोत्सब आज सम्पन्न भएको छ । बिधालयका सबै बिद्यार्थीलाइ ७० हजार बराबरको स्पोर्ट्स ड्रेस बितरण गरि बार्षिकोत्सव मनाइएको शिक्षक घनश्याम रिजालले ईबागलुङलाई जानकारी दिए।
बिद्यालयको आर्थिक कोष र अक्षयकोषको ब्याजबाट बिद्यार्थीलाई स्पोर्ट्स ड्रेस बितरण गरिएको हो ।

पछिल्लो क्रममा बिद्यार्थीहरु पढाई सङ्गै खेलकुदमा पनि आकर्षित हुन लागेकोले स्पोर्ट्स ड्रेस बितरण गरिएको बिधालयका प्र अ दयाराम सापकोटाले बताए ।
अहिले बिधालयमा बिद्युतप्य हाजिरी मेसिन र सुझाव पेटीकाको पनि ब्यबस्था गरिएको छ । ४ कक्षासम्म अङ्ग्रेजी माध्यमबाट पढाइ भैरहेको बिद्यालयमा प्रोजेक्टरको माध्यमबाट अध्यापन गर्न थालेपछि विद्यार्थीहरुको आकर्षण बढेको छ ।

बानपा ५ का अध्यक्ष शिव प्रसाद सापकोटाले बिधालय आधुनिक जमाना अनुसार अगाडि बढेकाले नमुना बिध्यालय बनाउनमा सक्दो सहयोग गर्ने बताए ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागलुङ नगरकार्यपालिका सदस्य कालिका शर्मा, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा, नेपाली काङ्ग्रेसका वार्ड सभापती फुल प्रसाद सापकोटा, प्र अ दयाराम सापकोटा, शिक्षक प्रतिनिधि खडानन्द सापकोटा, रेशम बहादुर के सी, मालिका मा बि का बि ब्य स सदस्य कोपिला खरेल सापकोटा लगायतले मन्तव्य दिएका थिए ।

शिक्षक घनश्याम रिजालको स्वागत मा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक बिदुर सापकोटाले गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *