ढोरपाटन नगरपालिका भित्र चल्यो दोहोरी : नगरकार्यपालिकाले ऐन नियम मिचेकोमा ४ नं वडा समितिको बिरोध !

बुर्तिबाङ, २०७५ पुस १७ । ढोरपाटन नगरपालिका वडा नं. ४ को वडा समितिले आज एक विज्ञप्ति जारी गर्दै नगर कार्यापालिकाको बैठकव्दारा संविधान प्रदत्त ऐन नियम मिचेर काम गरिरहेको भन्दै वडा समितिको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

आज बुर्तिबाङ स्थित सञ्चार माध्यमका पत्रकारहरुसँग भेटघाट कार्यक्रम आयोजना गर्दै ४ नं. वडाका वडा अध्यक्ष तिलक पुनले, नगर कार्यपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले व्यवस्था गरेका विधि व्यवधानलाई कुल्चेर आफ्नो स्वार्थ पुर्ति हुने कामहरु बारम्वार दोहो¥याउँदै गएकाले आम जनता, बुद्धिजीवी, सञ्चार जगतलाई जानाकारी दिन तथा पद्धति कायम गर्नका लागि वडाले पत्रकार भेटघाट कार्यक्रम गर्नु परेको बताए ।

वडा अध्यक्ष पुन सहित सबै सदस्यहरुद्धारा हस्ताक्षर गरि जारि गरिएको विज्ञप्तिमा, ढोरपाटन नगरपालिकाको नगर सभाबाट आर्थिक वर्ष ०७५÷०७६ मा योजना सञ्चालन हुने गरी बजेट विनियोजन भएका योजनाहरुको उपभोक्ता समिति गठन प्रक्रिया ऐनले वडा समितिलाई दिएको छ । स्थानीय तह सञ्चालन ऐनको दफा १२ मा उल्लेख गरिएको वडाको क्षेत्राअधिकार मिचेर गत कार्तिक १२ गते बसेको नगर कार्यापालिबकाको बैठकले ननगरप्रमुख तथा उपप्रमुख तथा नगरपालिकाका कर्मचारीको उपस्थितिमा भेला गरि उपभोक्ता समिति गठन गर्ने निर्णय नै गलत भएको वडा अध्यक्ष पुनले बताए ।

वडाले जारि गरेको विज्ञप्तिमा, नगरपालिकाको कार्यालयबाट यही पौष १४ गतेका दिन वडाको हिमालय आधारभूत विद्यालयमा उपभोक्ता भेला आयोजना भएको विषयमा स्थानिय स्तरमा सृजना भएका भ्रमहरुबारे वडा समितिकोे स्थिती स्पष्ट गर्न यो विज्ञप्ति जारी गरिएको उल्लेख छ ।

विज्ञप्तिमा देशमा हाल कायम रहेका स्थानीय तह अन्तरगतका गाउँ तथा नगरपालिकाहरु नेपालको संविधान २०७२ बमोजिम गठन भएका निकायहरु भएका र यी निकायहरुको कार्य सञ्चालन नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएको संवैधानिक तथा कानुनी प्रावधान अनुसार हुन्छन् र हुनुपर्छ भनिएको छ । खास गरी स्थानीय तहको कार्य सञ्चालनको लागि आवश्यक कानुनी व्यवस्था गर्नको लागि नै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को निर्माण भएको हो तर, ऐनमा स्थानीय तहको नगरपालिका अन्तरगतका कार्यपालिका, नगरसभा, वडा समिति लगायतका नियकाहरु तथा पदाधिकारीहरुको काम, कर्तव्य र अधिकारहरु प्रष्ट रुपमा तोकिएका भएपनि त्यसलाई कुल्चेर गरिएका कतिपय विवादपूर्ण कार्य प्रति वडा नं. ४ ले असहमति जनाउँदै आएको उल्लेख छ ।

त्यसरी कार्यपालिकाबाट वडा समितिको क्षेत्राधिकार माथि हस्तक्षेप गर्नु लोकतान्त्रिक पद्धति र मूल्यमाथिको प्रहार थियो । त्यसैले हामीले सुरुदेखि नै नगर प्रमुख तथा उपप्रमुखबाट उपभोक्ता समिति गठन गर्न नहुने मत राख्दै आएका थियौं र आफ्ना अडानहरु पेश गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैबीच ४ नं. वडाको हिमालय आधारभूत विद्यालयमा वडा अन्तरगतका योजनाहरुको उपभोक्ता भेला आयोजना भएको कुरा सञ्चार माध्यम मार्पmत जानकारी दिइएको र नगरप्रमुख आबद्ध दलका कार्यकर्ताहरुले आफू अनुकुलका योजनाहरुको उपभोक्ता समिति गठनको लागि नामावली तयार गर्ने तथा भेलाको प्रचार प्रसार गर्ने कार्य गरेको जानकारी पाएसँगै पौष १२ गते वडा समितिको बैठक बसी नियम विपरित आयोजना गरिएको कार्यक्रममा वडाको क्षेत्राधिकार मिचिएको भन्दै वडाको उपस्थिति नरहने निर्णय समेत गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ऐनको व्यवस्थालाई मिचेर वडा समितिलाई जानकारी समेत नदिई आयोजना भएको उक्त भेलामा ठूलो संख्यामा प्रहरी र आफू आबद्ध दलका नेता कार्यकर्ता सहित उपस्थित भएका नगरप्रमुखबाट औपचारिक मञ्चबाट नै वडा अध्यक्ष आफ्नो कमजोरीका कारण भेलामा उपस्थित हुन डराई ‘लुकेको’ ‘भागेको’ जस्ता अपमानजनक लाञ्छनाहरु अनर्गल प्रकारले लगाउने कार्य प्रति वडाको गम्भिर ध्यानाकर्षण भएको भनिएको छ ।

नगरकै तर्फबाट जनता भेला गरि नगरको महत्वपूर्ण इकाई वडा समितिका पदाधिकारी र कार्यापालिकाका सदस्यहरु प्रति नगर प्रमुखबाटै वडाको फलामखानी गाउँ जोड्ने मोटरबाटो योजनामा आर्थिक अनियमितता भएको र त्यसको छानविन गरी जनताको बीचमा कारबाही गर्न आफूले ‘महालेखापरीक्षक’ र ‘अख्तियार’ लिएर आउने जस्ता हास्यास्पद एवं लज्जास्पद अभिव्यक्तिहरु दिइएको भन्ने उल्लेख छ ।

भेलामा नगर प्रमुखले नगरपालिकाको बजेटमा नगरप्रमुखको एकलौटी अधिकार हुने बताउँदै वडा नं. ४ का योजनाहरुको बजेट आफूले चाहेमा अन्य वडाहरुमा पठाउन सक्ने भनेर जनतालाई त्रसित र भ्रमित पार्ने कार्य भएको र सोको अडियो रेकर्ड आफूहरुसमक्ष रहेको भन्दै वडा अध्यक्ष पुनले वडाका तर्फबाट नगरपालिकाको नेतृत्वबाट कानुनी व्यवस्था, न्यूनतम मर्यादा र सीमा समेतलाई मिचेर गरेको त्यस प्रकारको निन्दनीय कार्यप्रति हामी गम्भीर आपत्ति तथा भ्रत्सना गरिएको बताए ।

ढोरपाटन नगरपालिकाको नेतृत्वबाट संबैधानिक तथा कानुनी प्राबधानहरुलाई कुल्चेर जुन प्रकारले वडा समिति र अन्य पदाधिकारीहरुको कानुन प्रदत्त अधिकारमाथि हस्तक्षेप गर्ने, नगरपालिका क्षेत्रभित्र संचालित विभिन्न निकायहरुलाई आफ्नो नियन्त्रणमा लिने, नगर सभाबाट पारित बजेटहरु मनोमानी प्रकारले रकमान्तर गर्ने, व्यक्तिगत चाहना अनुसार अनियन्त्रित प्रकारले नगरपालिकाको बजेट बाँड्ने, मनपरि प्रकारले नगरपालिकाको नीतिगत निर्णय लिने जस्ता कार्यहरु भएकाछन् । त्यसले वास्तवमा विधिको शासन र लोकतान्त्रिक मूल्य, मान्यतालाई नै निस्तेज पार्दै लगिरहेको छ । त्यसको नियन्त्रणको लागि सम्पूण निर्वाचित जनप्रतिनिधीहरु, राजनीतिक दल, सञ्चार जगत, बौद्धिक वर्ग, नागरिक समाज लगायत तमाम जनसमुदायमा समयमा नै आवश्यक पहल कदमी उठाउन अपिल गर्दछौं । विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले, आपसी समझदारी, सहकार्यबाट नगरको विकास हुन्छ भन्नेमा जनप्रतिनिधिहरुले विवेक पु¥याउन सक्ने पर्ने आफ्नो धारण रहेको बताए । कतिपय सवालमा क्षत्राधिकार मिचिएका होलान, अधिकार हनन भएको लाग्न पनि सक्छ तर त्यसमा एक आपसमा विवाद सिर्जना गर्नुभन्दा, भएका गल्ती कमजोरीलाई सच्याउँदै भोलिको योजना बनाउनुको विकल्प नभएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *