प्रवास : एक वर्षमा, रोजगारीका लागि युएईमा रहेका १ सय ३ नेपालीले ज्यान गुमाए !

सचिन्द्र श्रेष्ठ, युएई २०७५ पुस १७ । युएईको राजधानी अबुधाबी स्थित नेपाली राजदूतावासले एक बिज्ञप्ति प्रकाशित गर्दै सन् २०१८ जनवरी देखि डिसेम्बर सम्म बैदेशिक रोजगारीको सिलसिलामा युएई आएका १०३ जना नेपालीहरुको मृत्यु भएको जनाएको छ।

यूएईका सात राज्य दुबई, अबुधाबी, रसेलखेमा, सारजहाँ, अजमान, उमलक्वीन, फुजिराहमा कामको सिलसिलामा ३ लाख भन्दा बढ़ी नेपालीहरुले श्रम गरी रहेका छन। हाल सम्म प्राकृतिक कारण ४७, आत्महत्या ३३ र दुर्घटनाका कारण २३ जना गरी १०३ जनाले आफ्नो ज्यान गुमाई सकेका छन। साथै बाकि ४ जनाको भने प्रकियामा नै रहेको दुतावासले जनाएको छ।

हाल नेपालीहरुको रोजगारीका लागि प्रमुख़ गन्तव्य युएई रहेको छ। उद्योग, ब्यापार, जागीर, आदि विभिन्न पेसामा नेपालीहरुको संख्या उल्लेख्य बृद्धि भएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.