ढोरपाटन बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाइ नगर प्रमुख नेपालीले रु ३ हजार दिने घोषणा !

खेमराज अर्याल, बुर्तिबाङ २०७५ पुस १७ । ढोरपाटन नगरपालिकाको वडा नम्बर ९ ढोरपाटनमा सामुदायिक स्वास्थ्य इकाइ तथा वर्थिङ सेन्टरको स्थापना गरिएको छ ।

वर्थिङ सेन्टरको ढोरपाटन नगरपालिका प्रमुख देव कुमार नेपालीले उद्घाट्न गर्दैे वडा नम्बर ९ ढोरपाटनका जनतालाइ आधारभुत स्वास्थ्य सेवा प्राप्त गर्न पनि बुर्तिबाङ झनुपर्ने बाध्यता रहेको भन्दै यसलाई मध्यनजर गर्दै ढोरपाटनमै सामूदायिक स्वास्थ्य इकाइ तथा वर्थिङ सेन्टर स्थापना गरिएको बताए ।

ढोरपाटनमा प्रसुति सेवा नहुदा घरमै सुत्केरी हुनुपर्दा निकै जोखिमपूर्ण रहेको र स्वास्थ्य संस्थामा सुत्केरी गराउन बुर्तिबाङ पुर्याउनुपर्ने बाध्यता भएको हुदा आगामी दिनमा यस्तो समस्या नहोस भनेर ढोरपाटनमै वर्थिङ सेन्टर स्थापना गरिएको नगरप्रमुख नेपालीको भनाई थियो ।

महिला गर्भवती भएपछि स्वास्थ्य अवस्था चेकजाँच गर्न तथा प्रसुती गराउन बुर्तिबाङ पुर्याउनुपर्ने बाध्यता अब हटेको उल्लेख गर्दै नेपालीले ढोरपाटन आफैमा सम्भावना बोकेको ठाउँ भएकोले शिक्षा स्वास्थ तथा पर्यटन विकासमा नगरपालिकाले जोड दिने खुलासा गरे ।

नगरप्रमुख नेपालीले ढोरपाटन ९ मा रहेको वर्थिङ सेन्टरमा आएर सुत्केरी हुने महलिालाई आफुले व्यक्तिगत रुपमै प्रति सुत्केरी ३ हजार रुपैयाँ दिने उद्घोष समेत गरेका छन् । आफुले दिने उक्त रकम सुत्केरीलाई पोषणयुक्त खानाका लागि खर्च गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष नन्दे सुनार वडा नम्बर ९ का वडाध्यक्ष हरी घर्ती भिमापोखरा युवा क्लवका अध्यक्ष मणिभद्र शर्मा ग्रामिण स्वास्थ्य सुधार परियोजनाका वरिष्ठ परियोजना अधिकृत गणेश बरुवाल, उद्योग वाणिज्य संघ बुर्तिबाङ इकाइका अध्यक्ष चिन्तमणि कडेल समाजसेवी पन बहादुर विक लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रम वडा नम्बर ९ का अध्यक्ष एवं ढोरपाटन स्वास्थ्य इकाइ तथा वर्थिङ सेन्टर अध्यक्ष हरि बहादुर घर्तीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

अहिले सम्म सामान्य स्वास्थ्य सुविधा प्राप्तिका लागि बुर्तिबाङ झनुपर्ने बाध्यतामा रहेका ढोरपाटनवासीलाई सामुदायिक स्वास्थ्य इकाई सँगै वर्थिङ सेन्टर स्थापना गरिएपछि सहज हुने देखिएको छ । वर्थिङ सेन्टरका लागि ग्रामिण स्वास्थ्य सुधार परियोजना फेयर मेड फाउण्डेसन तथा भिमापोखरा युवा क्लव बिबिवाइसी ले प्रसुती सामाग्री उपलब्ध गराएपछि उक्त वर्थिङ सेन्टर स्थापना गरिएको हो । वर्थिङ सेन्टर स्थापना सँगै अप्रेसन गराउनुपर्ने बाहेक अन्य प्रसुति सेवा ढोरपाटनमै उपलव्ध हुने भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *