जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङमा पुनः पौडेल

बागलुङ २०७५ पुस १६ । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको अध्यक्षमा पुन चण्डिप्रसाद शर्मा पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

सोमवार भएको संघको ७ औं वार्षिक साधारण सभाका अवसरमा पौडेलको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचीत भएको हो । समितिको उपाध्यक्षमा गणेशबहादुर खत्री, सचिव ऋषीराम गौतम, सह–सचिव वीरवहादुर किसान, कोषाध्यक्ष लिलादेवी खड्का, सदस्यहरु भवानीप्रसाद कँडेल, गण्डकी थापा अधिकारी, भरत पौडेल, सञ्जय कुमार श्रेष्ठ, महेन्द्रप्रसाद कँडेल, भिमप्रसाद कँडेल, उत्तमवहादुर महत, खड्कवहादुर थापा निर्वाचीत भएका छन् । साधारण सभाकै अवसरमा महेन्द्रसिंह रायमाझीको संयोजकत्वमा संगिता शर्मा पौडेल र रुद्र महत सदस्य रहेको ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति पनि निर्विरोध निर्वाचित भएको छ ।

देशकै उत्कृष्ठ संघको रुपमा आफ्नो पहिचान बनाईसकेको संघको सातौ वार्षिक साधारण सभाको उद्घाटन प्रमुख अतीथि जैमीनी नगरपालीकाका नगरप्रमुख ईन्द्रराज पौडेलले गरेका थिए । साधारण सभालाई सम्वोधन गर्ने क्रममा पौडेलले सहकारी आर्थिक विकासको उत्कृष्ट मोडल भएको बताएका थिए । उनले सहकारीले स–सानो पुँजी परिचालनबाट पिछडिएका वर्गहरुको आर्थिक जिवनस्तर परिवर्तनमा खेलेको भूमिका प्रशंसनीय रहेको समेत बताएका थिए । कार्यक्रममा नीसीखोला गाउँपालीकाका अध्यक्ष तारानाथ पौडेल, वडिगाड गा.पा. वाड नं २ का अध्यक्ष वोमवहादुर थापा, जिल्ला बचत संघका संस्थापक सचिव रामवहादुर खत्री, जिल्ला सहकारी संघका सचिव तेजेन्द्र थापा, जिल्ला स्वास्थय सहकारी संघ लि.का अध्यक्ष सीता शर्मा, जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि. बागलुङका अध्यक्ष दुर्गा कुँवर लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभाका संस्थाका सचिव विरवहादुर किसानद्धारा प्रस्तुत प्रगती प्रतीवेद र प्रस्तवित कार्यक्रम तथा संस्थाका कोषाध्यक्ष विरवहादुर किसानद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन र प्रस्तावित आय व्यय बन्दसत्रमा व्यापक छलफल भई सर्वसम्मतीवाट पारीत भएको छ ।

साधारण सभाकै अवसर पारी नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको सहजिकरणमा साकोस एकरुपता प्रणाली सम्वन्धि अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न भएको छ । साथै आजै निर्वाचीत सञ्चालक समितिको पहिलो बैठकले सञ्चालक र लेखा सुपरीवेक्षण समितिको संलग्नतामा सहकारी अभियानमा योग्दान पु¥याएका अभियन्ताहरुलाई सम्मान गर्ने गरी रु. १ लाख बराबरको क्रेडिट युनीयन पुरस्कारका लागि अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको छ ।

साधारण सभाको कार्यक्रम संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता, उपाध्यक्ष गणेशवहादुर खत्रीको स्वागत र सचिव ऋषीराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.