उत्तरगंगा माविको खेलकुद मैदान, विज्ञान भवन लगाएतका बिषयमा ढोनपाको ध्यानाकर्षण !

छविलाल पाण्डे बुर्तिवाङ २०७५ पुस १६ । बुर्तिबाङ राइजिङ युवा क्लबले उत्तरगँगा माविको खेलमैदानको अतिक्रमण तथा विगत लामो समयदेखि अलपत्र वनेको विज्ञान सँकायको भवन निर्माण लगाएतका बिषयमा ढोरपाटन नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

बजार क्षेत्रबाट तिव्र चासो बढेपछि उत्तरगँगा माविको खेलमैदान व्यवस्थापन नभएको, सडक निर्माणका क्रममा विद्यालयको जग्गा अतिक्रमण हुँदै गएको र विज्ञान सँकायको भवन अलपत्र परेको लगाएतका बिषयमा पाँच बुँदे ध्यानाकर्षण पत्र सहित ढोरपाटन नगरपालिका कार्यालयमा पुगेर प्रमुख प्रशासकीय अधिकृतलाई पत्र बुझाइएको बुर्तिबाङ राईजिङ युवा क्लबका अध्यक्ष सोमपौवी (यामु)ले बताए ।

ध्यानाकर्षण पत्रमा लेखिएको उत्तरगँगा माध्यमिक विद्यायल यसै क्षेत्रकै ईतिहास बोेकेको सामुदायिक विद्यालय भएको बताउँदै त्यसको सम्रक्षण र व्यवस्थापनका निम्ती खेलमैदान क्षेत्रमा अन्य कुनै पनी भवन वनाउन नपाउने गरी रोक लगाउनुपर्ने, व्यवस्थित खेलमैदान निर्माणको रुपमा स्तरउन्नती गरीनुपर्ने, विद्यालयको जग्गा नापि नक्साङकन गरी छुट्याउनुपर्ने, सडकले विद्यालयको जग्गा अतिक्रमण गर्दैगइरहेको अवस्थामा आधा विद्यालयको र आधा भु–भाग व्यक्तिको मिचिने गरी सडक स्तर बृद्धि गर्नुपर्ने बिषयमा ध्यानाकर्षण गराईएको छ ।

त्यस्तै विगत ७ बर्षदेखि अलपत्र अवस्थामा रहेको विज्ञान सँकायको भवन तत्काल निर्माणका निम्ती अगाडी बढ्नुपर्ने र उपभोक्ता समिती गठन गर्दा आमभेला मार्फत गठन गरिनुपर्ने लगाएतका विषयमा ढोरपाटन नगरपालिका कार्यालयमा पत्र बुझाउँदै, वडा न.१ को कार्यालय र उत्तरगँगा माविलाई समेत वोधार्थको रुपमा पत्र पठाएर ध्यानाकर्षण गराईएका अध्यक्ष पौवीले बताए ।

उक्त अवसरमा बुर्तिबाङ राइजिङ युवा कल्बका अध्यक्ष पौवी सहित सचिब सन्तोष भण्डारी सदस्य मदन गौचन लगाएतको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *