कोरला नाका सन्चालनमा ल्याउन सडक खनेजस्तो सजिलो छैन : मन्त्री थकाली

बागलुङ २०७३ पुस २१ । बागलुङ उद्योग बाणिज्य सघको ५३ औँ साधारण सभाको बाणिज्य मन्त्री रोमी गौचन थकालीले विहिवार उद्घाटन गरेका छन् । मन्त्री गौचनले उद्घाटन भाषणमा चीनसंग जोडिएको मुस्ताङको कोरला नाका सन्चालनमा ल्याउन अझै सहज नभएको बताए ।

मन्त्री थकालीले राज्यले आवश्यक कुटनीतिक सम्वन्धलाई बलियो बनाएर दुई छिमेकी देशलाई बिश्वासमा लिनुपर्ने बताए । उनले कोरला नाका देशका विभिन्न स्थानमा सडक खनिए जस्तो नभएको चर्चा गर्दै यसका लागि राज्यले कुटनीतिक सम्वन्ध बलियो बनाएर दुई छिमेकी देशलाई बिश्वासमा लिनुपर्ने बताए ।

उनले कोरला नाका छिटो सन्चलनमा ल्याउन सबै जातजातिसंग मिल्ने थकाली जातिको मध्यमार्गी नीति ‘थकाली नीति’ आवश्यक रहेको पनि औँल्याए । उनको शव्दमा, ‘कोरला नाकाका बारेमा हल्ला बढी भयो, अब कुटनीतिक हिसावले बिश्वासमा लिएर अघि बढे मात्रै कोरला नाका सन्चालनमा ल्याउन सम्भव छ ।’

मन्त्री थकालीले आगामी तीन बर्ष भित्रमा बेनी–जोमसोम सडक खण्ड कालोपत्रे हुने समेत बताए । उनले उद्घाटन भाषणकाक्रममा एमालेको व्दैध चरित्रका कारण देशमा समस्या भइरहेको आरोप लगाउदै यसलाई एमालेले सच्याउनुपर्ने सुझाव दिएका थिए ।

मन्त्री थकालीले मुलुकमा नीतिगत रुपमा गाठो पार्ने र त्यसमा घुस र कमिसन खाने, मन्त्रालयको सचिव कर्मचारी सरुवा गरेर काम शुरु गर्ने प्रचलनमा सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले राजनीतिक दलका मन्त्री फेरिए सँगै सचिव र कर्मचारी फेर्ने नभई यस प्रचलनलाई परिवर्तन गर्ने अभियानमा लागेको बताउदै भने ‘तामामा खिया लागेको छ भने माझेर खिया फाल्नुपर्छ, तामा फोड्नुहुन्न ।

कार्यक्रममा सांसदव्दय प्रकाश शर्मा पौडेल र चम्पादेवी खड्का, बाणिज्य सचिव ङइन्द्र उपाध्याय लगायत करीब दर्जन वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष जयराम भारीको अध्यक्षता सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *