निसीखोला-५ कटुवालडेरा टोलमा महिला समुह गठन !

कुमबिर बिश्वकर्मा,निसीखोला, २०७५ पुस १५ । बागलुङ जिल्लाको पश्चिमी क्षेत्र निसीखोला गा।पा वडा न ५ अन्तर्गत कटुवालदेरा टोलमा जनसेवा युवा क्लब द्वारा महिला समूह गठन गरिएको छ। उक्त भेलामा वडा सदस्य चुले बिकको प्रमुख आतिथ्यता र जनसेवा युवा क्लबका अध्यक्ष तारा बिकको अध्यक्षता रहेको भेलाले तिर्थमला बिश्वलर्माको अध्यक्षतामा २० सदस्यीय समिती गठन गरेको छ ।

सचिबमा दयासरी बिश्वकर्मा, कोषाध्यक्षमा नौमाया बिश्वकर्मा, उपाध्यक्षमा ज्ञानमाला बिश्वकर्मा सहित अन्य सदस्य रहेका छन ।

उक्त भेलाले प्रत्यक महिना बैठक गर्ने, लेबि स्वरुप रु।५० बचत गर्ने निर्णय गरिएको छ। भेला महिला समुहकी नब नियुक्त सचिब दयासरी बिश्वकर्माको सन्चालनमा सम्पन्न गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.