बिहुँमा ग्रामिण क्षेत्रमा खेलकुदको महत्व र सम्भावना बिषयक अन्तक्रिया कार्यक्रम सम्पन्न

भरत प्रसाद सापकोटा, बागलुङ बिहुँ २०७५ पुस १५ । काँठेखोला गाउँपालिका वडा ५ बिहुँमा आयोजित अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले खेलकुदकै नामबाट गाउँको विकासमा टेवा पुग्ने बताएका छ्न्।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष शिव प्रसाद कडेंलले शिक्षा संग संगै खेलकुदले बिद्यार्थीहरु शारीरिक विकास महत्वपुर्ण भुमिका खेलेको बताउदै खेलकुदले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपालकाे नाम समेत चिन्ने हुनाले शिक्षा र खेलकुद एकै सिक्काका दुई पाटा भएको बताउदै १९औ अन्तराष्ट्रिय मिलो कराते प्रतियोगितामा सहभागि हुन गरौवको कुरा भएको र तेस्रो स्थान पाप्त गर्दा अझै गर्व गर्ने ठाउ रहेकाले खेलकुदकै माध्यमबाट उपल्ब्धि हात पार्न सकिने भएकाले खेलकुदको विकाशमा लाग्न सबैलाई आग्रह गरेका थिए।

सो कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोष्ध्यक्ष हरि सापकोटाले बार्षिक आम्दानी रु ११ लाख ८४ हजार ९ सय ७५रुपैया रहेको कुल खर्च रु १० लाख २७ हजार ३ सय २२ भएको यो रकम विविध कार्यक्रम गर्दा देश तथा विदेशबाट प्राप्त भएकाे जनाउदै कतिपएले बोलेको बोल रकम रु २ लाख ५० हजार ५ सय उठ्न बाँकि रहेको बताउदै सो रकम उपलब्ध गराईदिन आग्रह गरेका छन् ।

सो कार्यक्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कराते प्रतियोगिता मा विभिन्व तह मा सहभागिहुने र बिजयि हासिल गर्ने खेलाडीहरुलाई नगद सहित सम्मान गरिएको थियो भने चन्दादाताहरु समेत सम्मान प्रदान गरिएको थियो।

सो कार्यक्रममा ताराखोला गाउँपालिका वडा नम्बर १ की वडा सदस्य गौरिमाया गुरुङ कराते का जिल्ला प्रशिक्षक धनदास प्रधान लगाएत ले बोल्नु भएको कार्यक्रम को सन्चालन सचिव सन्तोष पुन रहेको थियो ।

सो कार्यक्रम केन्द्रका अध्यक्ष कृष्ण प्रसाद कडेंलको अध्यक्षता मा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.