रेमिट्यान्सबाट देश धनी र परनिर्भर हुन्छ भन्ने कल्पना गर्नु गलत : सांसद डा.पाठक

सुमन जि.सी, बागलुङ २०७५ पुस १५ । संघिय सांसद डा. सुर्य पाठकले वर्तमान परिस्थितीमा देशको सबैभन्दा डरलाग्दो समस्या परनिर्भरता भएको बताएका छन् ।

शनिवार बागलुङ बजारमा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको आयोजनामा मध्ये÷पश्चिम क्षेत्रबाट ऐक्सेस ब्राण्डिङ कार्यक्रममा सहभागि तेश्रो व्याचका संस्थाहरुको २३ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै प्रमुख अतीथि डा. पाठकले सो भनाई राखेका हुन ।

वर्तमान परिवेशमा देशको अर्थतन्त्रको ठुलो हिस्सा रेमिट्यान्सले धानेतापनि रेमीट्यान्सबाट देश धनी र परनिर्भर हुन्छ भन्ने कल्पना गर्नु गलत भएको उनको जिकीर थियो । प्रमुख अतीथि पाठकले रेमीट्यान्सले देशलाई डुब्नबाट मात्र जोगाएको समेत थपेका थिए । वर्तमान सरकारले लिएको सुखी नेपाली समृद्ध नेपाल भन्ने नारालाई सार्थकता दिन सबैभन्दा पहिले देश आर्थिक रुपमा सक्षम हुनुपर्ने भन्दै यसका लागि सहकारी जस्ता संस्थाहरुले आर्थिक कारोवारका साथसाथै उत्पादन, सेवा र वितरणका क्षेत्रमा लगानी गरी देशलाई परिनिर्भरताबाट जोगाउन सरकारलाई सहयोग गर्नुपर्ने डा. पाठकको भनाई थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ लि. बागलुङका अध्यक्ष दिपक गौतम, जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, कार्यक्रममा सहभागि संस्थाहरुको तर्फवाट गैडाकोट साकोस नवलपरासीका अध्यक्ष देवराज पौडेल लगाएतले शुभकामना मन्तव्य राखेको थिए । कार्यक्रममा ऐक्सेस व्राण्डीङ कार्यक्रमको बारेमा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकालले जानकारी गराएका थिए ।

गोष्ठिमा आफ्नो संस्थाले पछिल्लो ३ महिनामा गरेको प्रगती विवरण र पल्र्स प्रतिवेदन र हालसम्मको उपलव्धी र अनुभवहरुको वारेमा प्रत्येक संस्थाका व्यवस्थापकहरुले प्रस्तुतीकरण गरेका थिए । कार्यकुशलता गोष्ठिमा सुर्योदय साकोस स्याङजा, उपकार साकोस स्याङजा, गैडाकोट साकोस नवलपरासी, वावीयाखर्क साकोस काठ्माण्डौ, युवा साकोस काभ्रे, चण्डेश्वरी साकोस काभ्रे, मन्थली साकोस रामेछाप, सिवाईसी साकोस बागलुङ सहित नेपालका ६ जिल्लाका ८ वटा संस्थाका सञ्चालक र व्यवस्थापकहरुको उपस्थिती रहेको थियो ।

ऐक्सेस भन्नाले ए वन कम्पीटेटीभ च्वाईस फर ऐक्सीलेन्स ईन सर्भिस एण्ड साउण्डनेसे भन्ने बुझिन्छ । यो एशीयाली ऋण परिषद अकुव्दारा बचत तथा ऋण सहकारी संस्थाहरुलाई उतकृष्ठ स्थानमा पु¥याउने एक किसिमको वीधका साथै ब्राण्डिङ कार्यक्रम हो । संस्थाको अवस्था विश्लेषणका लागि वित्तीय दृष्टीकोण, सदस्यको दृष्टिकोण, आन्तरीक व्यवसायीक दृष्टिकोण, सिकाई एवं बृद्धिको दृष्टिकोण गरी ८६ वटा सुचकाङ्कका आधारमा मापन एवं विश्लेषण गरिन्छ । नेपालमा यो कार्यक्रम बचत तथा ऋण सहकारी संस्थाहरुको केन्द्रिय छाता संघ नेफ्स्कूनले सञ्चालन गरिराखेको छ ।

कार्यक्रम सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता, सदस्य सेवाकेन्द्र बाटाबाचौरका संयोजक मदन कार्कीको स्वागत र लेखा समिति सदस्य संगीता शर्मा पौडेलका सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको सहजिकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख ढकालले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.