तमानखोला- ३ हिलेमा भीरबाट लडेर एक महिलाको मृत्यु

छविलाल पाण्डे बुर्तिवा २०७५ पुस १४ । तमानखोला गाँउपालिका वडा नं. ३ हिलेमा एक महिलाको भीरबाट लडेर ज्यान गएको छ । शनिबार बिहान स्थानिय चिप्लेनी ढुँगा वनमा घाँस काट्न गएकी ३३ बर्षिय उजेलीविष्णु रसाईलीको भीरबाट लडेर ज्यान गएको स्थानियले बताएका छन् ।

घाँस काट्दै गर्दा भीरबाट चिप्लिएर करिब ५० मिटर तल खस्दा बिहान करिब ९ बजे घटना स्थलमै उजेलीको ज्यान गएको ईलाका प्रहरी कार्यालय बोङगादोभानका प्रमुख पदम नेपालीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *