विकासको पहिलो आधार सडक : विकास र समृद्धिका लागि नेता भन्दा जनता विज्ञ हुन आवश्यक – नेपाली

सुमन सुनार, बुर्तिवाङ २०७५ पुस १४ । ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले विकास निर्माणको मरुदण्ड नै सडक भएको बताएका छन् । शुक्रबार ढोरपाटन नगरपालिकाको वडा नं. ५ मा नौविसे-बाहुनगाउँ मोटर बाटोको उद्घाटन गर्दै उनले विकासको पहिलो आधार नै सडक भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेएका नगर प्रमुख नेपालीले जनताले सडक र यातयातको महत्व बुझेर त्यसको सहि उपयोग गर्न सके जनता आफै समृद्ध बन्ने उल्लेख गरे । सडक सञ्जालको विकास हुँदा सामानले बजार पाउँने बताउँदै एक ठाउँको सामान र सेवालाई सहजरूपमा अरूले उपभोग गर्ने वातावरण यातायातले बनाइदिने भएकाले यसले आर्थिक वृद्धि दर बढाउन समेत सहयोग गर्ने नगर प्रमुख नेपालीको भनाई थियो ।

यातायात र सडक विकास गर्न सकिए कुनै पनि उत्पादनको मूल्य उत्पादकले सहजै पाउने वातावरण बन्ने भएकाले सडक आर्थिक विकासको मुल मेरुदण्ड समेत भएको नगरप्रमुख नेपालीले बताए । नगर प्रमुख नेपालीले ढोरपाटन नगरपालिकाका जनतालाई सहज रुपमा यातयातको पहुँच सम्म पु¥याउनका लागि सडक सञ्जाल नपुगेका स्थानमा सडक सञ्जालले जाड्ने र सडक सञ्जाल पुगेका स्थानमा सडकको कालो पत्रे गर्ने समेत बताए । नगरको समृद्धिका लागि आफु सदैव तत्पर रहेको भन्दै नगरका जनता शिक्षा, स्वास्थ्य र खानेपानीको सहज पहुचबाट बञ्चित हुन नपर्ने बताए । आज सम्म जनता भन्दा नेता विज्ञ हुँदा देशको विकास हुन नसकेको भन्दै अव देशको विकास र समृद्धिका लागि नेता भन्दा जनता विज्ञ हुन आवश्यक रहेको नगरप्रमुख नेपालीको भनाई थियो ।

३ हजार ५ सय मिटर लम्बाई रहेको उक्त नौविसे, बाहुनगाउँ मोटर बाटो ढोरपाटन नगरपालिकाबाट विनियोजित रु ११ लाख र १३ लाख ४२ हजार ५ सय ४० रुपैयाँ जनश्रमदानबाट निर्माण गरिएको हो । शुत्रबार वडा नं. ५ को बाहुन गाउँमा एक कार्यक्रमको आयोजना गरि सडकको उदघाटन गरिएको थियो ।

वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मण पून मगरको अध्यक्षता रहेको सड्कको उदघाटन कार्यक्रममा ढोरपाटन नगरपालिकाकी उप–प्रमुख करमती पून, उद्योग बाणिज्य संघ ईकाइ समिति बुर्तिबाङका अध्यक्ष चिन्तामणी शर्मा, नगर प्रमुखका स्वकिय सचिव केशर बहादुर छन्त्याल, ढोरपाटन नगर कार्यपालिका सदस्य थम बहादुर छन्त्याल, युवा समाजसेवी, दिपक कुमार अदै, शिवराज कँडेलले समेत शुभकामना मन्तव्य राखेका थिए ।

स्थानिय समाजसेवी, बुद्धिजिवी पत्रकार लगायत उपभोक्ताहरुको उपस्थिति रहेको उक्त उद्घाटन कार्यक्रममा वडा नं. ५ का वडा सदस्य दल बहादुर विकको स्वागत मन्तब्य थियो भने सञ्चालन ढोरपाटन नगर कार्यपालिकाका सदस्य ईन्द्र बहादुर घर्तीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.