गल्कोट प्राकृतिक रुपमा श्रोत र साधनले धनी रहेकोले पर्यटन प्रवर्धन गर्न गल्कोट नगरपािलका प्रतिवद्ध – काउचा मगर

थम्मन थापा सन्देश, बागलुङ गल्काेट २०७५ पुस १३ । गल्कोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगरले गल्कोट प्राकृतिक रुपमा श्रोत र साधनले धनी रहेकोले पर्यटन प्रवझर्न गर्न गल्कोट नगरपािलका प्रतिवद्व रहेको बताएकि छन् । राम्चे ढुङ्गा पर्यटन विकास केन्द्र गल्कोट नगरपालिका ७ मल्म बागलुङले आयोजना गरेको प्रथम पर्यटन मेला २०७५ को उदघाटन गर्दै यस्तो बताएकी हुन् । हामीले सम्भावनाको खोजी गर्दै गर्दा गल्कोटका धेरै ठाउले विकास पर्खेर बसेको भन्दै नगरपालिकाले क्रमश ती कुराहरुलाई अगाडि बढाउने काउचाको भनाई छ ।

राम्चे ढुङ्गाबाट साहसिक खेल प्यारागलाईडिङ उडान सफल भईसकेकोले अब यसको विकासमा सबै एकजुट हुनुपर्ने काउचाले बताइन । भौगोलिक विकटताका कारण भनें जस्तो विकास गर्न नसकिएको भन्दै सक्ने योजना नगरबाटै र नसक्ने थप योजना प्रदेश र संघमा पठाई समृद्व गल्कोट निर्माणमा सहकार्य गरिने नगर उपप्रमुख काउचाले बताइन ।

पर्यटन मेलामा गल्कोट नगरपालिका वडा नं ७ का कार्यवहाक अध्यक्ष लोक बहादुर थापा, गल्कोट सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चालिसे, नेपाली काॅग्रेस गल्कोट नगरपालिका वडा नं ७ का सभापति चिरञ्जीवी मरासिनी र समाजसेवी वसन्त क्षेत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा राम्चे ढुङ्गा पर्यटन विकास केन्द्र पर्यटन मेलाका कार्यक्रम संयोजक थम्मन थापा सन्देशले राम्चे ढुङ्गालाई के कसरी पर्यटकीय स्थल बनाउन सकिन्छ भन्ने विषयमा अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

मेलाको अवसरमा आजदेखि सञ्चालन भएको वडा स्तरिय भलिबल प्रतियोगितामा गल्कोट क्षेत्रका १३ समुहको सहभागिता रहेको छ । आज भएको उदघाटन खेलमा सिद्वभैरव सुनचादी पसल आगाॅखेतलाई पराजित गर्दै डाॅडाखेत र निलुवा युवा मञ्चलाई पराजित गर्दै खडग कालिका युवा क्लब बाॅसखोला दोस्रो चरणमा प्रवेश गरेका छन । पुस १५ गते सम्म सञ्चालन हुने राम्चे ढुङ्गा पर्यटन मेलामा विविध खेलकुद, सांस्कृतिक कार्यक्रम, स्थानिय पञ्चेबाजा, सोरठी, सामुहिक लोक नृत्य सॅगै राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

पर्यटन मेलामा स्थानिय अर्गानिक खानाहरु मुख्य आकर्षणको रुपमा रहेका छन । पर्यटन मेला राम्चे ढुङ्गा पर्यटन विकास केन्द्र मल्मका अध्यक्ष अम्मर थापा विष्णुको अध्यक्षता, ज्ञान बहादुर थापाको स्वागत र केहरसिंह थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *