ठेलामा मःम: बेच्दै गायक बनेका कपिलको पहिलो गीत ‘साला काठमाण्डौँमा…’ सार्वजनिक

काठमाडौँ २०७५ पुस १३ । ठेलामा मःम बेच्दै गायक बनेका कपिल पौडेलको पहिलो गीत साला काठमाण्डौँ सार्वजनिक भएको छ । गायक बन्ने सपना बोकेर काठमाण्डौँ आएका कपिल लामो समय देखि बानेश्वर चौकमामा ठेलामा मःम बेच्दै आएका थिए । उनको गायकी क्षमताको युट्युवमा चर्चा भए पछि उनी एकाएक चर्चित भएका थिए । उनै कपिलले पहिलो पटक आफ्नो आवाजमा गीत निकालेका हुन् । निरज भट्टको शब्दमा रहेको गीतमा कपिलकै संगीत रहेको छ ।

काठमाण्डौँमा सपना बोकेर आउने युवा र उनले काठमाण्डौँमा पाउने असफलता र दुख बोल्ने गीतमा अभिनेता शिशिर भण्डारीको अभिनय रहेको छ । काठमाण्डौँमा पाएको असफलतामा निरासा व्यक्त गर्न ‘साला काठमाण्डौँमा’ भन्ने शब्द राखिएको कपिलको भनाई रहेको छ ।

सन्तोष खनाल ‘फिल्मीकिरो’को निर्देशनमा बनेको भिडियोमा वाइ पि घिमिरेको सिनेमेटोग्राफी रहेको छ । भिडियोलाई सन्जिप श्रेष्ठले सम्पादन गरेका हुन्। गीतको भिडियो नयाँ नयाँ न्युज नेपालको औपचारिक युट्युव च्यानलबाट सार्वजनिक भएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.