१३ वर्षिया बालिकालाई करणी गरेको आरोपमा नेपाली पक्राउ / खुर्कोटका पौडेल काठमाडौमा बेपत्ता !

पर्वत २०७५ पुस १३ । १३ वर्षिया बालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा मोदी गाउँपालिका ८ राम्जा देउरालीका एक युवक पक्राउ परेका छन् ।
२० वर्षिया राजेश नेपालीले कालीगण्डकी (नाम परिर्वतन) गरेकी युवतीलाई ललाई फकाई जवरजस्तीकरणी गरेको अभियोगमा उनलाई देउपुर प्रहरीले पक्राउ गरेको हो ।
यौनजन्य प्रकृतिका अपराध अन्तर्गत करणी सम्वन्धी कसुर मुद्दामा थप अनुसन्धानको भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पर्वत कुस्मा २ खुर्कोटका सिद्धार्थ पौडेल काठमाडौंमा वेपत्ता

यसैवीच कुस्मा नगरपालिका २ खुर्कोटका २३ वर्षिय सिद्धार्थ पौडेल दुई हप्तादेखि काठमाडौंको सतुङ्गबाट वेपत्ता भएका छन् ।
हाल काठमाडौ जिल्लाको चन्द्रागिरी नगरपालिका वार्ड न १२ सतुङ्गल बस्दै आएका पौडेल घर छाडेर हिडेँको बताइन्छ । इलेक्टिकल इन्जिनियरिङ्गको पढाई पुरा गरेका पौडेललाई परिवार र आफन्तले खोजविन गर्दा समेत अहिले सम्म फेला नपरेको पाङ्ग खुर्कोट सम्पर्क समाजका सचिब डा. केदार सुबेदीले जानकारी दिए । यही मंसिर २६ गते देखि बेपत्ता भएको उनको परिवारले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.