बिहुँकोट – ५ कुकुर बिसौनाको खेलकुद मैदान रकम अभावमा अलपत्र !

भरत सापकोटा, बागलुङ २०७५ पुस १३ । बागलुङ जिल्लाको काठेखोला गाउंपालिका वडा ५ मा रहेको बिहुँकोट खेलकुद समाज विकास केन्द्रले वडा ५ कुकुर विसौनामा निर्माण गर्न लागेको खेलकुद मैदान अलपत्र परेको केन्द्रका अध्यक्ष कृष्ण कंडेंलले जानकारी दिएका छन् । उनले हामी संगको कुराकानीमा सानो रकमले पनि निर्माण गर्न सकिन्छ कि भनेर सुरु त गरियो तर वडा कार्यलय बाट छुट्टिएको रकम भन्दा धेरै बढि खर्च भईसकेको र हाल सम्म ४०% काम पनि पुरा नभएकाले यो मैदान निर्माणको काम अलपत्र पर्नै त हैन भन्ने चिन्ताले सताई रहेको गुनासो पोखे।

वडा कार्यलयबाट कति रकम छुट्टियो र कति रकम खर्च भयो ? भन्ने प्रश्नमा उनले भने वडाकार्यलय मार्फत २०७४ मा रु ४ लाख छुट्टिए पनि २०७५ को बजेटमा यो बिषय गाउंपालिका र वडा दुबै ठाउं संमावेश नगरिएको जानकारी गराउदै ०७४ मा नै रु ७ लाख ३०हजार भन्दा बेसी खर्च भईसकेको भन्दै निर्माण अलपत्र पर्ने भन्दै कसैले साथ नदिएकोमा दुखि त छौ नौ सरकारले समृद्धिको नारा लगाए पनि त्यो नारा मात्रै सीमित रहेको समेत उनले बताए ।

गाउँपालिकाले समपुरक बजेटबाट समाबेस गर्ने भनेपनि त्यो कुरामा मात्र सीमित रहेको बताए। देशको जुनसुकै क्षेत्रमा खेलकुदको माध्यमबाटै विकास सम्भव भएको बताउदै अध्यक्ष कडेल गत बर्ष बैदेशिक सहयोग र स्थानिय ब्यापारी र समाज सेवीहरु बाट सहयोग संकलन गरेर प्रदेश स्तरिय कराते प्रतियोगिता संचालन गरिसकेको जनाउदै जुनसुकै खेलकुदको लागिपनि खेलकुद मैदानको आवश्यकता अपरिहार्य रहेको भन्दै मैदान निर्माण गर्न सबैलाई सहयोगको अपिल समेत गरे ।

सरकारको आसा गर्ने हो भने यो मैदान निर्माण बर्षौ कुर्नुपर्ने भएकाले जनस्तरबाट र सामाजिक संघसंस्था बाट सहयोग जुटाएर बनाउनु पर्ने देखिएको कडेंल बताउछन्। आफुले पटक पटक यस बिषयमा रकम बिनियोजन गर्न अनुरोध गरेपनि त्यो सुनुवाई नभएको उनको भनाई छ । यता वडा अध्यक्ष शिव कडेंलले बजेट अभावमा रकम छुट्याउन नसकिएको बताउदै आगामि बजेटमा प्राथामिकतामा राखिने बताए।

यसै बिषयमा गाउँपालिका अध्यक्ष अमर थापालाई प्रश्न गर्दा वडा बाटै समावेश हुनुपर्ने बिषय छुटेको बताए हाल कुनै बिषयको रकम गाउँपालिका नरहेकाले तत्कालै कुनै सहयोग गर्न नसकिने र अर्को बर्षको बजेटमा स्थान दिने बताए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *