बडीगाड नदीमा भिङगिठे देखी भूवाचिदी सम्म जलयात्राको परीक्षण सम्पन्न !
आगामी वर्ष बडीगाड नदीमा नियमितरुपमा याफ्टिङ सेवा सन्चालन गर्ने मुसिकोट नगरपालिकाको तयारी !

कौरव खत्री, गुल्मी २०७५ पुस १३ । विहिबार बागलुङको बडीगाड गाँउपालिकाको भिमगिठे देखी गुल्मीको भुवाचिदी सम्मको जलयात्रा शुमारम्भ भएको छ । त्रिशुली नदीमा जलयात्रा गराइरहेको ७ सदस्यीय विज्ञ टोलीले बडीगाड गाँउपालिका तथा गुल्मीको मुसिकोट नगरपालिका टोलीव्दारा बडीगाड नदीमा जलयात्रा गरिएको हो । भीङगिठेको तुरतुरे देउरालीबाट गत भदौ २९ गते राति आएको पहिरोले बडीगाड नदी थुनिएर बनेको तुरतुरे तालमा करीब एक महिना पहिले देखी नौका बिहार शुरु भएको छ ।

बडीगाड नदीमा जलयात्राको प्रशस्त संम्भावना रहेको जलयात्रामा संलग्न टोलीले निष्कर्ष निकालेको छ । नदीमा रहेका ठुला ढुङ्गाहरु मिलाउने र पानीको वहावलाई उचित व्यवस्थित गर्न सकेको खण्डमा जलयात्राको माध्यमबाट प्रशस्त पर्यटक भित्राउन सकिने मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

आगामी बर्ष केही रकम लगानी गरेर बडीगाड नदीमा राफ्टिङ्ग सञ्चालन गर्ने विषयमा तयारी गरिने उनको भनाइ छ ।

जलयात्रा गरिसकेपछिको आफ्नो अनुभव सुनाउदै नगरप्रमुख सापकोटाले पहिलो पटक जलयात्राको अनुभव लिएको र यात्रा रमाइलो भएको बताए ।

जलयात्रामा नगरप्रमुख सापकोटा सहित बडीगाड गाँउपालिकाका अध्यक्ष मेहरसिंह पाईजा, मुसिकोट नगरपालिकाका प्रशासकीय अधिकृत नवराज भण्डारी, मुनपा ७ का अध्यक्ष प्रकाश काफ्ले, मुनपा ८ का अध्यक्ष नारायण सापकोटा, बडिगाड ६ का अध्यक्ष मौसम काजी क्षेत्री, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

नगरपालिकाले चालु आथिक बर्षको नीति तथा कार्यक्रममा बडीगाड नदीमा राफ्टिङ्ग चलाउने भनि बजेट समेत विनियोजन गरेको थियो ।

बडीगाड नदी राफ्टिङ्गको माध्यमबाट पर्यटन प्रर्वद्धन गरी प्रशस्त आम्दानी गर्न सकिने नदी हो । यस सम्पदाको सही सदुपयोग गरी स्थानीय सरकारको आम्दानी वृद्धि गर्ने तर्फ नेतृत्वको ध्यान पुगेको छ ।

जलयात्रा भने आजै शुक्रवारदेखि गुल्मीको भुवाचिदीबाट चन्द्रकोट सम्मको नदीको खण्डमा जलयात्रा गरिने जनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.