ओम डेभलपमेन्ट बैंकलाई आस्बाको स्वीकृती !

पोखरा २०७३ पुस २१ । ओम डेभलपमेन्ट बैंक लि. ले धितोपत्र निष्काशन हुँदाका बखत लगानीकर्ताबाट रकम संकलन गरी रोक्का राख्न(ASBA) को स्वीकृती पाएको छ । धितोपत्र बोर्डले आगामी माघ १ गतेबाट सार्वजनिक निष्काशन (IPO) तथा पुन निष्काशन (FPO) मा लगानी गर्दा अनिवार्य रुपमा बैंक खातामा रकम जम्मा गरी खातामा नै रोक्का रहने ब्यवस्था गरे बमोजिम लगानीकर्ताहरुले अब आउँदा दिनहरुमा सार्वजनिक निष्काशनमा लगानी गर्दा आस्वाको लागि स्वीकृत प्राप्त बैंकहरुमा मात्र रकम जम्मा गरी लगानी गर्न सक्नेछन् ।

बैंकले पुस २१ गतेबाट स्याङजाको गल्याङ, बुटवलको ट्राफिकचोक र पोखराको लेकसाइड शाखा गरी ३ वटा नयाँ शाखाको कारोबार शुरु गरेको छ । शाखाको कारोबार पछि बैंकको शाखा सँख्या २९ पुगेको र मनास्लु बिकास बैंकसँग मर्जरको प्रक्रियामा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *