‘अंग्रेजी पढाइमा जोड दिँदा शिक्षा राम्रो हुन्छ भन्नु गलत’

कृष्ण पाण्डेय

नेपाली भाषामा पढाएको भन्दा अंग्रेजी भाषामा पढाएको शिक्षा गुणस्तरीय हुन्छ भन्ने जबर्जस्त मनोविज्ञान अहिले हाम्रो देशमा चलेको छ ।

यसले सीधासाधा अभिभावकलाई मात्र प्रभावित गरिरहेको छैन ।निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुले पनिआफ्नो पालिकाभित्रका सम्पूर्ण स्कुलमा अंग्रेजी माध्यमबाट पढाइन्छ भनेर घोषणा गरेका छन् । मानौँ, अंग्रेजीमा पढाएपछि शिक्षा गुणस्तरीय भइहाल्छ ।

कुनै पनि भाषाले शिक्षाको गुणस्तरमा फरक पार्दैन । एकपटक चीनका महान दार्शनिक कन्फयुसियसलाई पत्रकारले सोधे तपाईलाई चीनको राष्ट्रपति बनाइयो भने पहिलो काम के गर्नुहुन्छ ?

उनले जवाफ दिएछन् मैले चीनियाँ भाषाको बिकास गर्छु , भाषाको समृद्धि बिना देशको समृद्धि हुँदैन ।

हामी कहाँ ठिक उल्टो भएको छ । हामी नेपाली भाषालाई दोस्रो ठानिरहेका छौ ,जानी नजानी कनि कुथी अङ्ग्रेजी बोल्नुनै शैक्षिक गुणस्तर मानिएको छ ।
आधारभुत तहसम्मको शिक्षा मातृभाषामा नै हुनुपर्छ ,जसले गर्दा बालबालिकाले आफ्नो देश ,सँस्कृति, इतिहास ,समाज , वातावरण लगायत वास्तविक धरातलीय ज्ञान हासिल गर्द्छ ।

अंग्रेजी अवश्यै पनि एउटा अति महत्त्वपूर्ण अन्तर्राष्ट्रिय भाषा हो ।

यसको दक्षताले हाम्रा युवासामु उच्च शिक्षा र रोजगारका ढोका खोलिदिन्छ । त्यसैले यसको पढाइमा जोड दिन निश्चय नै आवश्यक छ । तर, अंग्रेजीमार्फत हुने पढाइमा जोड दिँदा मात्र शिक्षा राम्रो हुन्छ भन्नु गलत हुन्छ ।

धेरै जसो स्कुलमा सामाजिक शिक्षाको पढार्इ अंग्रेजीमा सोधेको प्रश्नको घोकेर दिएको उत्तरमा सीमित भएको छ । आफ्ना विचार र भावलाई खुला रूपमा व्यक्त गर्न नसक्ने भाषा कलिला बालबालिका माथी बलपूर्वक थोपरेर उनीहरूको बिचार व्यक्त गर्ने अधिकार हनन गरिरहेका छौँ भन्ने महसुस गर्नुपर्छ । यस्ले गर्दा बालबालिकाहरुमा सोच्ने, समस्या समाधान गर्ने, विचार राख्ने क्षमताको विकासमा अबरोध गर्छ ।

अंग्रेजी भाषा सिकाउने नाममा बालबालिका हरुमा यी सीपको विकास हुन नदिनु कतिको जायज हो रु त्यो त शिक्षाविद्हरूले नै भन्लान् । तर, मुख्य कुरा के हो भने अंग्रेजी राम्रोसँग बोल्न सक्नुभन्दा महत्त्वपूर्ण सूक्ष्म किसिमले विचार गर्ने शक्ति विकास गर्नु नै हो ।

अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न ,वैदेशिक रोजगारीको लागि ,अङ्ग्रेजी भाषा सिक्नु राम्रो हुन सक्छ तर बाल मस्तिष्कमा आफ्नो देशको बस्तुगत ज्ञान बिना अङ्ग्रेजी थोपर्नु भविस्यको हामीले देखेका छैनौ र ?

गुल्मी
२०७५ पुस १२ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.