निर्माणाधीन गल्कोट प्रवेशव्दार आगामी बैशाख महिनामा सम्पन्न हुने !

गुमानसिँह भण्डारी गल्कोट २०७५ पुस १२ । गलकोट समाज जापानव्दारा गल्कोट नगरपालिका र काठेखोला गाउपालिकाको सीमाना बिहुँ घोँडाबाँधे नजिक निर्माणाधीन गल्कोट प्रवेशव्दार आगामि बैशाख महिनामा सम्पन्न हुने भएको छ । ठेकेदार र प्राबिधिकको लापरवाहीका कारण निर्माण हुदै गर्दा ढलेको प्रवेशव्दारको निर्माण कार्य पुन सुचारु गर्न लागिएको हो ।

ठेकेदारहरुले प्रवेशव्दार निर्माण गर्दै गर्दा आफुहरुको कमजोरीले प्रवेशव्दार ढलेको भन्दै पुन संस्थाले दिएको नक्सा अनुसारकै प्रवेशव्दार निर्माण गरेर हस्तान्तरण गर्ने बताएका छन । प्रवेशद्धार निर्माणका लागी १७ लाखमा गल्कोटका बीरजङ भण्डारी र जय बुढाथोकीले ठेक्का लिएका थिए । अहिलेसम्म समाजले आफुहरुलाई १३ लाख उपलब्ध गराएको भण्डारीले बताए । आफुहरु नियमित रुपमा प्रवेशव्दार अनुगमन गर्न गए पनि प्राबिधिक रुपमा गेट ढल्न गएको भन्दै अब प्रवेशव्दार निर्माणका लागी गलकोट समाज जापानले सुपरभिजन ब्यक्ति र आवश्यक केहि प्रक्रिया पुरा गरे लगत्तै केहि दिनपछि प्रवेशव्दार निर्माण सुरु हुने भण्डारीको भनाई छ ।

हामीले गिटी, बालुवाहरु लगिसकेका छौ भण्डारीले भने अब समाजले नियमित रुपमा अनुगमन गर्ने सुपरभिजन ब्यक्ति, छाप र केहि अन्य प्राबिधिक कामहरु ब्यवस्थापन गर्दिए लगतै काम गर्छौ भण्डारीको भनाई छ ।

गलकोट समाज गल्कोटका अध्यक्ष हर्क पाण्डेका अनुसार आफुहरुसँग गलकोट समाज जापानले पठाएको १७ लाखमध्ये ३ लाख आफनो संस्थासँग रहेको बताए । उनले काम सम्पन्न भएपछि मात्रै उक्त रकम ठेकेदारलाई दिने उनको भनाई थियो । गल्कोट क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि टेवा पु¥याउन र आर्थिक एवं सामाजिक विकासका गर्ने उद्देश्यका साथ उक्त प्रवेशव्दार निर्माण गर्न लागेको गलकोट समाज जापानका अध्यक्ष डिलु खत्रीले बताए । पर्यटकीय क्षेत्रको रुपमा रहेको घोडाबाँधेबाट विभिन्न हिमश्रृङ्खलाहरु देख्न सकिन्छ उक्त स्थानमा हिमालहरु हेर्नका लागि भ्यूटावर पनि निर्माण गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.