बागलुङ नगरपालिका उपल्लाचौरमा एक युवकव्दारा झुण्डिएर आत्महत्या !

बागलुङ २०७५ पुस ११ । बागलुङ नगरपालिका उपल्लाचौरमा एक जना युवकले आत्महत्या गरेकाछन् । म्याग्दी जिल्ला बेनी नगपालिका ९ स्थायी घर भै बानपा ४ उपल्लाचौर डेरामा बस्ने अन्दाजी वर्ष २१ का गोविन्द (रविन) रिजालले आज दिउसो करीब ३ बजेको समयमा आफु बस्ने कोठाको सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरेको प्रत्यक्षदर्शीले बताए ।

मृतक रिजालकी प्रेमिका जापानमा रहेकी र उनिहरुवीच आपसी बिबादका कारण आत्महत्या गरेको हुन सक्ने सूत्रको दावी छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रनि परशुराम मल्लको कमाण्डमा खटी गएको प्रहरी टोलीले मृतकका बुबा बेनी नगरपालिका ९ का वर्ष ४४ का शेखर रिजाललाई खबर गरी झिकाई आवश्यक प्रकृति मुचुल्का गरी शवलाई पोष्टमार्टमका लागि धौलागिरी अन्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.