आजको तस्वीर : सरसफाईप्रति सचेत तराखोलाका बालबालिका !

शव्द/चित्र खगेन्द्र विश्वकर्मा,

तराखोला (बागलुङ) २०७५ पुस ११ । बागलुङ जिल्लामा सरसफाईको महत्व र फाईदा बारे सचेतनामुलक कार्यक्रमहरु हुँदै आएका छन् । स्थानीय तह, विभिन्न सामाजिक संघसंस्था, क्लब, शैक्षिक संस्थाहरुमा पछिल्लो समय सरसफाई सबैको चासोको विषय बनेको छ ।

सरसफाई स्वास्थ्यको लागी महत्वपूर्ण मानिन्छ । फोहोर मैला नै रोगको उत्पत्तीका कारक मानिन्छ । त्यसैले सानै उमेर देखी बालबालिकाहरुलाई सरसफाई प्रति सचेत बनाउन सर्वप्रथम घरपरिबार बाटै सुरु गरिनु आवश्यक छ । उनिहरुले शिक्षार्जन गर्ने बिद्यालयहरुमा बालबालिकाहरुलाई सरसफाईका बारेमा सचेत बनाए असल नागरिक बनाउन सहयोग पुग्छ ।

यसका लागि उपयुक्त वातावरणको आवश्यकता रहन्छ । गाउँघर शहर बजार जहाँपनि सरसफाई प्रति सचेतना जरुरी हुन्छ । पछिल्लो समय सदरमुकाम देखी पश्चिममा रहेको ताराखोला गाउपालिकामा सरसफाई प्रति सचेतना जागृत भएको छ । ताराखोला गाउपालिकाका बालबालिकाहरु विद्यालय जानु अघी धारोमा सरसफाई गर्दै गरेको यो दृश्य (तस्वीर)ले यहि वास्तविकतालाई दर्शाई रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.