गुल्मी वामीमा ईशाई धर्माबलम्वीहरुव्दारा क्रिसमस पर्व मनाईयो !

अनिश शर्मा गैरे, गुल्मी वामी २०७५ पुस ११ । इसाई धर्मावलम्बीहरुले विश्वभर क्रिसमस पर्व मनाएका छन् । क्रिसमसका अवसरमा चर्चमा प्रार्थना, नाचगान जस्ता कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गर्ने गरिन्छ । क्रिसमसमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । २ हजार १७ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । येशुलाई जिसस क्राइष्ट भनिन्छ ।

यसैबिच वामीमा रहेको विलिभर्स इस्टर्न चर्चको आयोजनामा मँगलबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । चर्चका पास्टर राम कुमार प्रजाको अध्यक्षता रहेको कार्यक्रममा मुसिकोट नगरपालिका वडा नम्बर ७ का अध्यक्ष प्रकाश काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपाका नेता खुम बहादुर थापा, समाजसेवी गोपिकृष्ण खरेल, मुसिकोट नगरबिकास समितिका अध्यक्ष मेघ प्रसाद श्रेष्ठ, पत्रकार, सुरक्षाकर्मी, समाजसेवी लगायत इसाइ धर्मालम्बीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु्भएका मुनपा ७ का अध्यक्ष प्रकाश काफ्लेले एक धर्मले अर्काे धर्मलाइ सम्मान गर्नुपर्ने बताए । उनले फरक फरक धर्म मान्नेहरु मिलेर बस्नुपर्नेमा जोड दिदै शुभकामना ब्यक्त गरे । मुसिकोट नगरपालिकाले चर्चले माग गरे अनुसार समाधिस्थल निर्माण गर्न जग्गा उपलब्ध गराउने तथा खानेपानीको ब्यबस्थाको निम्ती पहल गरिरहेको बताए ।

कार्यक्रममा नेकपाका नेता थापा, समाजसेवी खरेल, पत्रकार लोक प्रसाद छन्त्याल लगायतले बोलेका थिए । भने कार्यक्रमको सञ्चालन पास्टर पुस्तकलाल श्रेष्ठले गरेका थिए । कार्यक्रममा बिचबिचमा बिभिन्न साँगीतिक कार्यक्रमहरु गरीएका थिए भने बजार परिक्रमा पनि गरीएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *