कालिका मन्दिरमा फागुन महिनामा रु ८ लाख ३३ हजार भेटी संकलन !

बागलुङ २०७३ चैत २ । बागलुङ कालिका भगवती मन्दिरमा फागुन महिनामा ८ लाख ३३ हजार ६ सय २८ रुपैयां संकलन भएको छ । यो रकम दर्शनार्थीहरुबाट मन्दिरमा चढाएको भेटी सहित पशुपंक्षीको मुढ, परेवा तथा अक्षेता आदीको बिक्रीबाट जम्मा भएको गुठीले जनाएको छ ।

फागुन महिनामा संकलन भएको आम्दानी विवरण अनुसार नगद भेटी संकलन ४ लाख ३४ हजार ३ सय ६३ रुपैयां, परेवा विक्रि ६ सय १० जोडीबाट २ लाख ४४ हजार रुपैयां, बोका मुढ विक्रि १ सय ५६ बाट १ लाख १४ हजार २ सय ५९ रुपैयां, कुखुरा मुढ विक्रि १ सय ६५ बाट ७ हजार, रांगो मुढ विक्रि ३ बाट २ हजार ७ सय ७० रुपैयां, तेल विक्रि ६० पोकाबाट ३ हजार रुपैयां, चामल विक्रि ७० पाथिबाट १४ हजार रुपैयां, सिक्का सटही ७ हजार रुपैयां, आर्थिक सहयोग ४६ जनाबाट ६ हजार ४ सय ३६ रुपैयां तथा विबिध आम्दानी ८ सय रुपैयां जम्मा भएको हो ।

यसै गरी फागुन महिनामा खाद्यान्न तर्फ २३ हजार ३ सय ४० रुपैयां, सरसफाई सामाग्री ३ हजार ६ सय ६८ रुपैयां, मर्मत सिसि क्यामरा समेत ९ हजार ५ सय ९० रुपैयां, प्लम्बर तर्फ १ हजार १ सय २० रुपैयां, परेवा तथा गाईको दाना १ हजार ५ सय ७५ रुपैयां, टिका अविर आदीमा ३ हजार ६ सय रुपैयां खर्च भएको गुठीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.