चिराग फार्मेसीका सञ्चालक पन्तव्दारा ढोरपाटन नगरपालिकालाई ढाई लाखको स्वास्थ्य सामाग्री सहयोग !

सुमन सुनार, बुर्तिवाङ २०७५ पुस १० । पोखरा महानगरपालिका–११ रानीपौवा, पोखरामा रहेको चिराग फार्मेसीका सञ्चालक तथा समाजसेवी दिपक पन्तले ढोरपाटन नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

हरेक वर्ष दुर्गम क्षेत्रलाई छनौट गरी स्वास्थ्य सम्बन्धी विभिन्न सामाग्री सहयोग गर्र्दै आएका पन्तले यो वर्ष पश्चिम बागलुङको ढोरपाटन नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो । समाजसेवी पन्तले कानको उपचारका लागि प्रयोग हुने ओटोस्कोप (Otoscope) ३ ओटा, बच्चाहरुको उपचारमा प्रयोग हुने नेवुलाइजर (Nebulizer) वाफ लगाउने मेसिन ५ ओटा, विरामी बोक्नका लागि प्रयोग गरिने स्टेचर १० ओटा, अपाङ्गता भएका नागरिकहरुले प्रयोग गर्ने हुइलचियर ३ ओटा र सेन्सर थर्मोमिटर २ ओटा गरी करिव २ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

उक्त स्वास्थ्य सामाग्री आज ढोरपाटन नगरपालिका नगर कार्यपालिको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको छ । ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीलाई सामाग्री हस्तान्तरण गर्दै फार्मेसीका सञ्चालक तथा समाजसेवी पन्तले दुर्गम स्थानका नागरिकले समयमै स्वास्थ्य सेवा पाउने अपेक्षा लिएको बताए । उनले गरिव, विपन्न परिवारका नागरिकका साथै असाहयहरु स्वास्थ्य सेवाबाट बञ्चित नहोउन भन्ने मुख्य उद्देश्यले आफ्नो कमाईको केहि अंश सामाजिक क्षेत्रमा लगानी गर्ने प्रयास गरेको बताए । यस्तै पन्तले अबको एक हप्ता भित्र ढोरपाटन नगरपालिकालाई थप १० ओटा हुइलचियर सहयोग गर्ने र शिविर नै सञ्चालन गरेर नगरस्तरका सबै जनतालाई निःशुल्क सुगर र प्रेसरको औषधी वितरण गर्ने प्रतिबद्धता समेत जनाए ।

त्यसैगरी नगर प्रमुख देव कुमार नेपालीले राज्यले नै नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन पु¥याउनुपर्ने सुविधा पन्तले पु¥याएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेएका नगर प्रमुख नेपालीले चिराग फर्मेसी सञ्चालक पन्तले जस्तै अन्य व्यक्ति, सामाजिक संघ, संस्था पनि प्रत्यक्ष रुपमा गरिव जनताले सेवा पाउने खालका सामाजिक क्रियाकलापका सक्रिय हुन आवश्यक रहेको उल्लेख गरे ।

यस्तैै सोही अवसरमा ढोरपाटन नगरपालिकाले समाजसेवी पन्तलाई खादा, अविर लगाएर सम्मान समेत गरेको थियो ।

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलको अध्यक्षता रहेको कार्यक्रममा नगरपालिकाकी उप–प्रमुख करमती पून, वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, वडा नं. ३ का वडा अध्यक्ष हेमेन्द्र घर्ति मगर, जिल्ला जनस्वास्थ्य कार्यालयका नायव सुब्बा तेज प्रसाद न्युरे, बागलुङ उद्योग बाणिज्य संघ गल्कोट इकाईका उपाध्यक्ष ढालेन्द्र गौतम, कोषाध्यक्ष दिलिप श्रेष्ठ, सदस्य कौसीला घर्ति मगर, एकिकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख नन्दराम भुसाल लगायत समाजसेवी, बुद्धिजिवी, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन भने ढोरपाटन नगर कार्यपालिका कार्यालयका नायव सुब्बा चण्डीराज पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.