गल्कोटमा नेपाल विद्यार्थी संघको जागरण अभियान !

गुमानसिँह भण्डारी, गल्कोट २०७३ पुस २१ । नेपाल विद्यार्थी संघ बागलुङको विद्यार्थी जागरण अभियान अन्तर्गत आज पनि गल्कोटका विभिन्न विद्यालयमा नेविसंघको इकाई पुनर्गठन गरिएको छ ।

कार्यक्रममा बोल्दै नेपाल बिद्यार्थी संद्यका जिल्ला अध्यक्ष खड्क थापाले अहिलेको शिक्षा प्राणाली परिर्वतन नगरेसम्म शैक्षिक बिकास नहुने बताउदै अबको शिक्षा रोजगारी मुलक हुनुपर्ने बताए ।

जागरण अभियान अन्तर्गत जनजागृति माद्यमिक बिद्यालय काडेबासमा बिबेक कडेलको अध्यक्षतामा ५० सदस्यीय नेपाल बिद्यार्थी संद्यको गठन गरिएको छ । समितिको उपाध्यक्षमा उमेशकर्मा बिश्वकर्मा, सचिवमा प्रदिप सापकोटा, सहसचिव रबिन सापकोटा र कोषाध्यक्षमा झबि ढकाल रहेका छन् ।

त्यस्तै शिव माद्यमिक बिद्यालयमा कमल कडेलको अध्यक्षतामा ४५ सदस्यीय ईकाई संद्य गठन गरिएको छ । समितिको उपाध्यक्षमा अजय गौतम र प्रमिला चालिसे, सचिवमा रिजन कडेल, सहसचिवमा प्रेम सुनार र कोषाध्यक्षमा प्रकाश गौतम रहेको समाचारमा उल्लेख छ ।

कार्यक्रम नेपाली काग्रेस हटियाका सभापति वीरजङ भण्डारीको समेत सहभागीता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *