कमरेड गोपाल गिरीको नवौ पुण्य तिथीको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न !

निर्मल पौडेल, पर्वत २०७५ पुस १० । पर्वत कम्युनिष्ट आन्दोलनका धरोहर कमरेड गोपाल गिरीको नवौ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । सोमवार नेपाल कम्युनिष्ट पार्टि कुस्मा नगर कमिटीले स्वर्गिय गिरीको घरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरि सम्पन्न गरेको हो । स्वर्गिय गिरीको तस्वीरमा माल्यापर्णका साथै एक मिनेट मौन धारण गरेर उपस्थितले श्रदासुमन व्यत गरेका हुन् । श्रद्धाञ्जजली कार्यक्रममा वोल्दै नेपाल कम्युनिष्ट पार्टिका प्रदेश कमिटी सदस्य मेघनाथ सुवेदीले कमरेड गोपाल गिरी कम्युनिष्ट आन्दोलनको धरोहर भएको भन्दै स्वर्गिय कमरेडको असमायिक निधनले पर्वत र सिङ्गो कम्युनिष्ठ पार्टिलाई अपुरणिय क्षति भएको वताए । सुवेदीले पर्वतमा गिरीले देखाएको वाटो अविष्मरणीय र मननयोग्य भएको भन्दै गिरिले देखाएको वाटोमा लागिरहनु पर्नेमा जोड दिए ।

कार्यक्रममा जेष्ठ कम्युनिष्ठ मञ्च नेपालका केन्द्रिय सदस्य तोयनाथ चालिसले समकालीन साथी गिरीको जीवन दर्शनको वारेमा वोल्दै २०२७ सालमा तत्कालीन पुष्पलाल समुहमा संगठित भएपश्चात पञ्चयाती व्यवस्थाको अन्त्य,लोकतन्त्र, गणतन्त्र स्थापनादेखी हालसम्म निरन्तर कम्युनिष्ट आन्दोलनमा लागि परेका होनहार कार्यकर्ताको निधनले सिङ्गो कम्यनिष्ट आन्दोलनलाई नै अपुरणिय क्षति भएको वताए । त्यस्तै नेकपा एमालेका पुर्व उपसचिव उदय सुवेदीले तत्कालीन समयमा पर्वत जिल्लामा भएका केहि सीमित कार्यकर्ताहरु मध्य एक भएको वताए । कार्यक्रममा नेकपा पर्वतका जिल्ला सम्यन्त्र सदस्य गोविन्द पहाडीले स्वः गिरीले देखाएको आन्दोलनको अभिष्ट पुरा गर्ने दिशामा आफुलाई प्रतिवद्ध रुपमा अगाडि वढाउनुनै उहाँ प्रतिको सच्चा श्रद्धाञ्जली हुने विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा कुस्मा नगर संयन्त्र संयोजक शंकर गिरीले विविध संकटका घडिमा कम्युनिष्ट नेता तथा कार्यकर्ताहरुलाई कुस्मामा सेल्टर दिएर योगदान पु¥याएका गिरी लाई कम्युनिष्ट हरुले भुल्न नहुने वताए । त्यस्तै गिरीले सरल जीवन विताएर पनि वर्गिय आन्दोलन सँगै आफ्नो जीवनमा गरेका कुराहरु मननयोग्य भएकोले नै पर्वतको कम्युनिष्ट आन्दोलन यहाँ सम्म आएको जिकिर गरे ।

सभामा कुनपा ६ का वार्ड अध्यक्ष रुद्र गिरी, कुनपा ११ का अध्यक्ष शिव पौडेल,नेकपा निकट ढाकाराम गौतम, इन्द्र श्रेष्ठ ,ज्ञानेन्द्र पाहडि, विक्रम ढुङ्गाना, मिनप्रसाद श्रेष्ठ, अधिवक्ता राम शर्मा ,शेषराज रेग्मि, राम कंडेल , इश्वर गीरी लगायतको उपस्थिति रहेको थियो ।

नेकपा कु.न.पा. नगर संयन्त्र संयोजक शंकर गिरीको अध्यक्षतामा सम्पन्न भएको सभाको सञ्चालन नगर संयन्त्र सदस्य विष्णु प्रसाद नेवारले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.