पर्वत उराम पोखरामा छाती जोडिएका दुईवटा बच्चा जन्मिए !

पर्वत २०७३ चैत २ । दक्षिण पर्वतको बिहादी गाउपालिका उरामपोखरास्थित उरामपोखरा स्वास्थ्य चौकीमा छाती जोडिएका दुईवटा बच्चा जन्मिएका छन् ।
उरामपोखरा गेप्ताङकी २९ वर्षिय अनिता सुनारले छाती टाँसिएको अवस्थाका दुईवटा बालिकालाई जन्म दिएकी हुन् ।

दुईवटा टाउँको, चारवटा हात, चार वटा खुट्टा, नाईटो १ वटा भएको बच्चा मृत अवस्थामा जन्मिएको स्वास्थ्य चौकीका प्रमुख सिनीयर अहेव जीवनकुमार तिवारीले जानकारी दिए ।

बुधवार विहान पौने १२ बजे मृत अवस्थामा दुईवटा बालिकाको जन्म भएको तिवारीले बताए । आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
पर्वत जिल्लामा सम्भवत पहिलोपटक यस्तो बच्चा जन्मिएको पनि उनको भनाई थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.