त्रिभुवन माविको वार्षिकोत्सवको उद्घाटन : भ्रष्टाचार विरुद्ध सामाजिक आन्दोलन गर्न मन्त्री वस्नेतको आग्रह !

कमल पौडेल, बडीगाड बागलुङ २०७५ पुस ९ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण वस्नेतले भ्रष्टाचार समाजको कलंक भएको भन्दै भ्रष्टचार विरुद्ध सामाजिक आन्दोलन सुरु गर्न आह्वान गरेका छन् । सोमवार त्रिभुवन नमुना माध्यमिक विद्यालय खर्वाङको ५९औं वार्षिकोत्सव तथा ४ कोठे भवन उद्घाटन पछी समारोहलाई सम्बोधन गर्दै मन्त्री वस्नेतले सो कुरा वताएका हुन् ।

‘हामी आफैले समृद्धि ल्याउने हो’ उनले भने ‘एउटा ब्यक्ति, एउटा दलले मात्र समृद्धि ल्याउन सकिन्न, सबै दलको एकता चाहिन्छ’ । उनले अब सबै दलहरु आफ्नो स्वार्थ भन्दा माथी उठेर अघि बढ्नुपर्ने बताए । उनले अब दुर्गम र विकट क्षेत्रमा समानान्तर तरिकाले बिकास गरीने बताए ।

उपयुक्त शिक्षा विना मुलुकको रुपान्तरण सम्भव नभएको भन्दै मन्त्री वस्नेतले प्राविधिक शिक्षा मार्फत देश परिवर्तन गर्न सकिने भएकोले प्रदेश सरकार पूर्ण रुपमा त्यसतर्फ ध्यान केन्द्रित गरेको वताए । प्राविधिक धार संचालन गर्ने विद्यालयलाई प्रदेश सरकारले विशेष सहयोग गर्ने भन्दै मन्त्री वस्नेतले गाउँगाउँवाट प्राविधिक उत्पादन गरि काममा लगाउन सक्नुपर्ने वताए ।

उनले संघीयता पछिकोे नया सरकार प्रदेश सरकार भएको भन्दै स्थानीय तहसँग समन्वय गरी अगाडी बढ्ने बताउँदै बडिगाड गाँउपालिकाका जनप्रतिनिधिहरुलाइ आफुहरु सँग भएकोे साधन र श्रोतको अधिकतम परिचालन गरी आर्थिक समृद्धिमा जुट्न आग्रह गरे ।

गण्डकी प्रदेशका प्रवक्ता समेत रहेका मन्त्री वस्नेतले यो वर्ष प्रदेश सरकार मार्फत ४ सय मोडल कृषि फर्म तयार हुन लागेको, उद्यम गर्न चाहने युवालाई १० लाख देखि ५० लाख सम्म अनुदानको व्यवस्था गरिएको जानकारी दिए । स्थानिय सरकारले स्थानिय उत्पादनलाई वृद्धि गर्ने कार्यक्रम ल्याउन आग्रह गर्दै उनले उत्पादनमा वृद्धि गरि आत्मनिर्भर हुँदै सम्वृद्धिमा जाने प्रदेश सरकारको योजना रहेको वताए । गण्डकी प्रदेशको पहिलो श्रोत पर्यटन भएको, र त्यस वाहेक जलविद्युत, औधोगिकरणको विकास गर्दै ५ वर्षमा प्रतिव्यक्तिआय २५ सय डलर पुर्याउने घोषणा समेत गरे ।

मन्त्री वस्नेतले आन्दोलनरत कर्मचारीहरु प्रति लक्षित गर्दै आन्दोलन छोडेर संवादमा आउन र सम्बृद्धिको यात्रामा सहयोग गर्न आह्वान गरेका थिए । निर्मला हत्या काण्डको समेत भ्रत्सर्ना गर्न भ्याएका वस्नेतले गण्डकी प्रदेश भित्र यस वर्ष भएका हिंसाका घटनाका सवै अपराधी जेल चलान भएको खुलासा गरे।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सावित्रा रानाले भोलिका कर्णधार विद्यार्थीको सुखद भविश्य र देशको समृद्धिको लागि शिक्षा नीति नै परिवर्तन गर्नुपर्ने र त्यस तर्फ सरकार लागिरहेको वताईन।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टिका जिल्ला नेता कृष्ण पाठक, रुद्रावती वहुमुखी क्याम्पस वामी टक्सारका क्याम्पस प्रमुख रामु तिवारी, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका महासचिव तथा भिमगिठे माविका प्रधानाध्यापक सागर खरेल, विद्यालय व्यवस्थापन समितिका सदस्य होसियारसिंह थापा, महिला तथा वालवालिका शसक्तिकरण केन्द्रका अध्यक्ष विना थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रधानाध्यापक ढालमणि भण्डारीले गत वर्षको प्रगती तथा आर्थिक र भावी कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । सरस्वती पुजामा पण्डित चुमाकान्त पोखरेलले मन्त्रोउच्चारण गरेका थिए । ३ दिन सम्म चल्ने पहिलो दिनको कार्यक्रम अन्तर्गत पिटी प्रदर्शन, सटफुट प्रतियोगीता, शैक्षिक प्रदर्शनी, साँस्कृतिक कार्यक्रम, अन्तरमावि स्तरीय वक्तृत्वकला प्रतियोगिता लगाएतका कार्यक्रम सम्पन्न भएका छन्।

अन्तरमावि स्तरीय वक्तृत्वकला प्रतियोगीतामा जनज्योती मावि पौदी अरेवा प्रथम, त्रिभुवन मावि खर्वाङ द्धितिय तथा पौंदिटारी आधारभुत विद्यालय ग्वालीचौर तृतिय भएका छन् । कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विष्ण प्रसाद भुसालको अध्यक्षता, सहायक प्रधानाध्यापक शिव पोखरेलको स्वागत मन्तव्य तथा शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो।

मंगलवार भलिवल, आइडल, वक्तृत्वकला, हाजिरिजवाफ, रेकर्ड नृत्य लगाएतका प्रतियोगितात्मक कार्यक्रम संचालन हुने विद्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *