गल्कोटमा न्यायिक समितीको क्षमता बिकास तथा मेलमिलाप सम्बन्धि तालिम सम्पन्न !

घनश्याम गौतम, गल्कोट २०७५ पुस ९ । गल्कोटमा न्यायिक समितीको क्षमता बिकास तथा मेलमिलाप सम्बन्धि तालिममा बोल्दै गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले न्याय गरेर मात्र नहुने भन्दै न्याय जस्तो देखिनुपर्नेे बताएका छन ।

गल्कोट नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको मेलमिलाप गरौ बिबाद नबढाऔ, व्दन्द रोकौ भन्ने उदेश्यले न्यायिक समितीको क्षमता बिकास तथा मेलमिलाप सम्बन्धित तालिमको समापन समारोहमा बोल्दै गैरेले समस्याको प्रकृति हेरेर मेलमिलापको बाटोबाट समाधान गनुपर्ने बताएका हुन् । उनले तालिमको लगानी हरेक जनताको पसिना भएकाले तालिममा सिकेका कुराहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै नगरपालिकालाई न्यायिक नगरपालिका बनाउनुपर्नेमा उनको जोड थियो । गैरेले नगरपालिकाको कार्ययोजना अनुरुपको कार्यक्रम रहेकाले तालिमको आयोजना गरिएको प्रष्ट पारे । गैरेले अहिलेको अवस्थामा मेलमिलाप भएता पनि कानुनसम्मत नभएकाले अव कानुसम्मत हुने बताए । उनले जहाँ शान्ति त्यहाँ बिकास भन्दै जनताका सबै समस्या समाधान गर्न नगरपालिकाले सहकार्य गर्ने बताए ।

तालिममा नेकपाका प्रतिनिधि तिलक उप्रेती, नेपाली काग्रेसका नारायध्वज मल्ल, राष्टिय जनमोर्चाका टंक केसी, गल्कोट नमुना माद्यामिक बिद्यालयका प्रध्यानाध्यापक देबेन्द्र खत्री, इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख केशव सिह थापा, सहभागी मञ्जु शर्मा चालिसे, ईन्द्र मणि चालिसे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा गल्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज गौतमले धन्यबाद मन्तब्य राखेका थिए ।

कार्यक्रमको प्रभाबकारिता र महत्वको बिषयमा तालिमका प्रशिक्षक तथा अधिबक्ता ममतादेवी शर्माले पुनराबलोकन गराएकी थिईन । शर्माले देवानी प्रकृतिका मुद्दाको समाधान मेलमिलाप मार्फत हुने अपेक्षा गर्दै अदालतमा फौजदारी मुद्दा मात्रै लैजाने वातावरण निर्माण गर्न सहभागीलाई आग्रह गरिन ।

८ दिनसम्म सञ्चालन भएको तालिम प्रभावकारी रुपले ब्यबहारमा ल्याउनुपर्नेृ सहभागीहरुको जोड थियो ।

कार्यक्रममा नगरपालिका भित्रका ११ वाडकै जनप्रतिनिधि, बाडले सिफारिस गरेका हरेक बाड बाट ३ जना, राजनैतिक दलका प्रतिनिधि, महिला नेतृत्वकर्ता लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम नगरउपप्रमुख तथा न्यायिक समिति संयोजक रेनुका काउचाको अध्यक्षता, र प्रशासकीय अधिकृति अर्जुन शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *