ढोरपाटन – २ का एक युवाको दुध बेचेर मासिक ६० हजार आम्दानी !

छविलाल पाण्डे बुर्तिवाङ २०७५ पुस ९ । ढोरपाटन नगरपालिका वडा नं.२ अर्नाकका एक युवाले दुध बिक्री गरेर मासिक रुपमा ६० हजार रुपयाँ आम्दानी गर्दे आएका छन् । स्थानीय ३१ बर्षिय निमलाल पाण्डेले आफनै घरमा उन्नत जातका गाई र भौंसी पाल्न थालेपछि दैनिक रुपमा ३० लिटर सम्म दुध बिक्री गर्दे आएका छन् ।

करिब ५ बर्षसम्म खाडी मुलुकमा पसिना बगाएका पाण्डेको घरमा यतिबेला होल्याण्ड जातका दुई गाई र मुर्रा क्रसिङ १ र लोकल जातको १ भैसी गरी चारवटा गाईभैंसी छन् । पाण्डे बिहानै दुध बिक्रीका लागि बुर्तिबाङ बजारमा आउने गर्छन् ।

बिदेशमा अरुको काम गर्दा सोँचेको पैसा कमाउन पनी नसकिने, अरुको गुलामी गर्दा आफनो प्रगति नदेखिएपछी आफुले यस्तो व्यवसाय सुरु गरेको बताउँदै अहिले आफु पनी सन्तुष्ट रहेको र परिवार संग बसेर थोरै महिनेतमा राम्रो पैसा कमाउन थालेपछी खुसी रहेको बताए ।

गत असार पन्ध्र गतेदेखि उक्त पेशा अंगालेका पाण्डेले दैनिक ३० लिटर सम्म दुध बिक्रीका लागि बुर्तिबाङ स्थित डेरीमा ल्याई पुर्याउछन् । करिब ५ लाख लगानीबाट सुरु गरीएको व्यवसायबाट अवको केहि समयमै लगानी पुर्ति गरेर नाफा कमाउने उदेश्य सहित थप व्यवस्थापनमा लागेको उनको भनाई छ ।

घरमा आमा, श्रीमती आफु र दुई छोरी गरी पाँच जना रहेको परिवारबाट समेत उत्तिकै साथ भएका कारण आफुलाई सहज रुपले दुग्ध उत्पादनमा अगाडी बढेको बताउँदै परिवारले मात्र गाई भैंसीको स्याहार सुसार गर्न नभ्याएपछि मासिक रुपमा ७ हजार तलब दिने गरी १ जना कामदार समेत राखेका छन् ।

यसरी आफनै घरमा बसेर केहि गर्न सकिन्छ भन्ने अठोटका साथ अगाडी बढेका पाण्डेले अब विदेशमा मात्र सीमित नरही स्वदेशमै थोरै मिहेनेतले राम्रो पैसा कमाउन सकिने भन्दै सरकारले समेत कृषकका समस्या सम्बोधनका निम्ती उचित कार्यक्रम अगाडी बढाउन आवस्यक रहेको बताए ।

बुर्तिबाङ क्षेत्रमा पछिल्लो समय दुग्ध उत्पादनमा कृषकहरुको सक्रियता बढेको छ । ढोरपाटन नगरपालिकाको वडा नं.२ को रिनाम, सेरा, कुत्थाप्ला, सलामकोट, खल्बाङ, वडा नं ३ को पुर्काट, ४ को खुंगा छोरेगाँउ, ५ को नाथुरीबाट दैनिक रुपमो बुर्तिबाङमा दुध आयात हुने गरेको छ । हाल ३ वटा दुग्धडेरीले कृषकह्रुले ल्याएको दुध खरिद गर्ने गरेका छन् भने कतिपय कृषकहरुले डेरीमा नपुर्याई बाहिरैबाट दुध बिक्री गर्ने गरेका छन् ।

पछिल्लो समय बजारमा दुध धेरै हुन थालेको भन्दै दुग्ध उत्पादनक कृषकह्रुको एक समुहले ढोरपाटन नगरपालिकाले दुध बाहिरी क्षेत्रसम्म पुर्याउने वातावरण बनाउन र दुध चिस्यानको निम्ती आवस्यक कार्यक्रम लिनुपर्ने माग गरीरहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *