विश्वकर्मा समाज नेपाल (यूएई) द्वारा ढोरपाटन–९ ढोर नवीका अग्नी पीडितहरुलाई राहत वितरण !

सुमन सुनार। ढोरपाटन बागलुङ २०७५ पुस ९ । विश्वकर्मा समाज नेपाल (यू.ए.ई) ले ढोरपाटन नगरपालिका वडा नं. ९ ढोर नविका अग्नी पिडितहरुलाई राहत वितरण गरेको छ ।

गत मंसीर ९ गते ढोरपाटनको नवि गाउँमा भएको भिषण आगलागीका कारण पुर्ण रुपमा क्षती पुगेका अग्नी पीडितलाई राहत स्वरुप करिव १ लाख १५ हजार बराबरको ब्लाङ्केट वितरण गरिएको विश्वकर्मा समाज नेपाल यू ए ई ले जनाएको छ । अग्नी पीडितको सहयोगका लागि विश्वकर्मा समाज नेपाल (यू.ए.ई) का अध्यक्ष गाम बहादुर विश्वकर्माको विशेष सक्रियतामा बैदेशिक रोजगारीको शिलशिलामा यू.ए.र्ईमा रहेका प्रवासी नेपालीहरुबाट संकलन गरिएको रकमबाट ब्लाङ्केट खरिद गरी वितरण गरिएको समाजले जनाएको छ ।

आगलागिबाट प्रभावित बनेका ४८ घर परिवार मध्य पुर्ण रुपमा क्षती पुगेका ३० घर परिवारलाई प्रति घर परिवार १÷१ ओटाका दरले ब्लाङ्केट वितरण गरिएको छ । स्थानिय जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजिविहरुको रोहवरमा आईतबार बोबाङमा एक कार्यक्रमको आयोजना गरी राहत वितरण गरिएको विश्वकर्मा समाज नेपाल (यू.ए.ई) का अध्यक्ष गाम बहादुर विश्वकर्मा गगनले ईबागलुङलाई जानकारी दिए । आगलागी पीडितहरुको दुःखमा थोरै भएपनि साथ र सहयोग पुगोस भन्ने उद्देश्यले आर्थिक संकलन अभियान सञ्चालन गरी राहत स्वरुप ब्लाङ्केट सहयोग गरिएको समाजका अध्यक्ष गगनको भनाई छ ।

समाजसेवी मैते विश्वकर्माको अध्यक्षता रहेको राहत वितरण कार्यक्रममा युवा समाजसेवी यम बहादुर विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विश्वकर्माले नवी गाउँमा भएको भीषण आगलागीले ठुलो क्षती पुगेको भन्दै आगलागि हुनबाट बच्नका लागि सवै सचेत र संयम हुनुपर्ने बताए । ज्वलनशील पदार्थ बच्चाले भेटाउन सक्ने ठाउँमा नराख्ने, जथाभावि बन जंगलमा आगो नबाल्ने, खाना पकाइसकेपछि राम्ररी आगो निभाउने जस्ता सावधानी अपनाउन उनले स्थानिय बासिन्दालाई आग्रह गरेका थिए । साथै उनले विश्वकर्मा समाजले विभिन्न सामाजिक क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै अन्य क्लव, संघ, संस्था पनि सामाजिक क्षेत्रमा यसरी नै सक्रिय हुन आवश्यक रहेको बताए ।

यस्तै कार्यक्रमका वडा नं. ८ का वडा अध्यक्ष नन्दे सुनार, वडा नं. ९ का वडा अध्यक्ष हरि बहादुर घर्ति, वडा नं. ८ का वडा सदस्य होम बहादुर सुनार, ढोरपाटन प्रहरी चौकीका कृष्ण चुडाँली लगायतले बोलेका थिए । उक्त राहत वितरण कार्यक्रमको संचालन कुशल कुमार वि.क.ले गरेका थिए ।

गत मंसीर ९ गते विहान पख ३ बजेका समयमा नवि गाउँमा भएको भिषण आगलागीबाट ४८ घर परिवार बसोबास गर्ने ३० घर जलेर नष्ट भएको थियो । आगलागीबाट बस्ने घरबास, लत्ता कपडा, अन्नपात जलेर नष्ट भएपछि अहिले त्यहाँका स्थानिय घरहरु हेर्नका लागी त्यहाँ चौकीनीहरुको जिम्मा लगाएर बोबाङमा बस्दै आएका छन् ।
धुर्मुस सुन्तली फाउण्डेशनको नमुना बस्ती निर्माणमा आर्थिक सहयोग, गायिका जलजला परियार बचाउ अभियान, खैरेनी चितवनका टोप बहादुर विक बचाउ अभियान जस्ता विभिन्न सामाजिक क्रियाकलापमा विश्वकर्मा समाज नेपाल (यू.ए.ई) ले निकै सक्रिय भुमिका खल्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *