गल्कोट नगरपालिका भित्रका मोटरबाटो निर्माण र स्तरोन्नतिमा लाखौँ रकम विनियोजन !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ पुस ९ । गल्कोटको मल्मदेखि पाण्डवखानी जोडने मोटरबाटोको स्तरउन्नतीका लागी ठेक्का आव्हान गरिने भएको छ । गल्कोट नगरकार्यपालिकाको सम्पन्न बैठकले मल्मको आगाखेतदेखि पाण्डवखानी जाने बाटो स्तररोन्नती तथा कालोपत्रेका लागी नगरपालिकाबाट बिनियोजित ४० लाख र प्रदेश सरकार पुर्वाधार बिकास मन्त्रालयबाट बिनियोजित २० लाख गरि ६० लाख रुपियाको लगत ईष्टमेट तयार गरि साझेदारीमा कार्यक्रम कार्यान्वयन गर्ने गरि ठेक्का आव्हान गर्ने निर्णय गरेको हो ।

नगरको बैठकले जिल्ला समन्वय समितिको कार्यालय बागलुङको स्थानिय बिकास साझेदारी कार्यक्रम नियमावली २०७५ बमोजिम आर्थिक बर्ष २०७५/०७६ का लागी छनोट भएका योजनाहरुमा नगरसभाबाट बिनियोजित बिभिन्न शिर्षकबाट रकम लगानि गरि योजना कार्यान्वय गर्ने निर्णय गरेको छ । जसअन्तर्गत डाडाँखेत निलुवा, पाखापानी, भित्रीवन, सुखौरा, शान्तिपुर मोटरबाटोको लागी कार्यक्रमबाट ३० लाख र नगरपालिकाबाट ७ लाख ५० हजार थप गरिएको छ । त्यस्तै सरस्वती प्राथमिक बिद्यालय गलकोट नगरपालिका वडा नम्बर ११ को भवन निर्माणका लागी कार्यक्रमबाट १० लाख र नगरपालिकाबाट ७ लाख, उदय बुद्धबिहार गनपा ११ को भवनका लागी कार्यक्रमबाट १० लाख र नगरपालिकाबाट २ लाख ५० हजार, न्युरेटोल मोटरबाटो गनपा ५ को लागी कार्यक्रमबाट १० लाख र नगरपालिकाबाट ४ लाख र पचुवा देउखर्क ज्यामिरे सडक गनपा ८ का लागी कार्यक्रम मार्फत १० लाख र नगरपालिबाट २ लाख ५० हजार थप गरिने नगरप्रमुख भरत शर्मा गैरेले बताए ।

नगरपालिकाका प्रशासकीय अधिकृत अर्जुन शर्मा
त्यस्तै एउटै योजना पर्न गएकाले तिजराको डाँडा घुम्ती मर्मत तथा स्तरउन्नती ठुलाचौर सड्कका लागी १ लाख, नुवाकोट तिजको डाडा घुम्तीदेखि मुलाछर्ने सम्म दुई लाख, बौर चमुवा निलुवा पर्यटकीय स्थल जोडने मोटरबाटोको लागी २ लाख ५० हजार नगरसभाबाट बिनियोजित योजनाबाट थप गर्ने निर्णय गरेको नगरपालिकाका प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । शर्माका अनुसार हालसम्म भएका योजनाहरुको फरफारक अनुमोदन गरि आगामि योजनाहरुको फरफारक योजना फरफारक तथा सहजिकरण समितिको सिफारिस बिमाजिम गर्ने गरि अधिकार प्रत्यायोजन गरेको बताए ।

बैठकमा मध्यपहाडी लोकमार्गको नरेठाटी बजार देखि वडा नम्बर ९ को गल्याङ सम्मको लोकमार्ग दायाँबाँया २५ मिटर छाडनुपर्नेमा हालसम्म नगरपालिकाको मापदण्ड अनुसार नभएकाले उक्त खण्डमा घरनक्सा पास गर्ने प्रयोजनका लागी सडकको दायाँबायाँ १५ मिटर कायम गर्नको लागी सम्बन्धित पक्षसँग पुनारोवलकन गर्न अनुरोध गरिएको शर्माले बताए ।

बैठकले चालु आर्थिक बर्षको नगरकार्यपालिकाबाट भएका चौमासिक खर्च र प्रगति विवरण अनुमोदन गर्ने निर्णय समेत गरेको नगरपालिकाका प्रबक्ता हिम बहादुर भण्डारीले बताए । भण्डारीका अनुसार गल्कोट नगरपालिका वडा नम्बर ३ को हटिया बजारमा हालसम्म फोहोर संकलन गर्दा खर्च भएको १ लाख ६८ हजार नगर बिकास बिशेष कोषबाट भुक्तानी गर्ने निर्णय भएको जानकारी दिए । बैठकमा धौलागीरी पोजेटिभ समुहलाई ५० हजार बडीगाड महोत्सवका लागी २ लाख, निसीभुजी जनता क्याम्पस ढोरपाटनका लागी ३ लाख ५० हजार भुक्तानी गर्ने निर्णय समेत गरिएको नगरपालिकाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *