ताराखोला गाउँपालिकास्तरीय महिला स्वास्थ्य स्वयं सेविकाको क्षमता अभिबृद्धी तालिम सुरु !

प्रकाश घिमिरे, ताराखोला २०७५ पुस ८ । ताराखोला गाउपालिकामा गाउपालिका स्तरीय महिला स्वास्थ्य स्वयं सेविकाहरुको तीन दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । ताराखोला गाउपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सुरु भएको तालिमको उद्घाटन गदै गाउपालिका अध्यक्ष प्रकाश घर्ती मगरले स्वास्थ्य क्षेत्रमा परिवर्तनको लागि गाउँपालिकाको आफ्नै बजेटबाट स्वयं सेविकाहरुको क्षमता अभिबृद्धि गरी गाउँपालिकालाई स्वस्थपूर्ण सरसफाई र समृद्ध बनाउनको लागि यो कार्यक्रम आयोजना गरिएको बताए ।

क्षमता अभिबृद्धिले सम्पूर्ण स्वयं सेविकाहरु आफ्नो क्षत्रमा काम गर्नका लागि महत्वपूर्ण देन राख्ने अध्यक्ष घर्तीको भनाई थियो । स्वास्थ्य मै सुधारको लागि गाउँपालिकाले अर्गल स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना र स्वास्थ्य संस्था नभएको वडाहरुमा सामुदायिक इकाई स्थापना गरी जनतालाई सर्वसुलभ र पहुँच मुलक स्वास्थ्य सेवा दिएको कुरा उनले बताए । साथै स्वयंम सेविकाहरुले मातृशिशु, बाल स्वास्थ्य ,परिवार नियोजन, भिटामिन ए र जुकाको औषधि खुवाएर स्वस्थ जनशक्ति उत्पादनमा सहयोग पुर्‍याएको भन्दै महिला स्वास्थ्य स्वयंम सेविकाहरुको प्रशंसा गरेका थिए । यो तालिम स्वस्थ्य कार्यालय बागलुङ को प्राविधिक सहयोगमा ३ दिन सम्म चल्नेछ ।

तालिम उद्घाटन समारोहमा स्वागत भाषण स्वास्थ्य संयोजक शंकर विष्टले गरेका थिए । तालिमको प्रशिक्षकहरुमा देवप्रकाश घिमिरे, दिपक खड्का र शंकर विष्ट रहेका छन् भने तालिममा सहभागीहरुको संख्या ५० रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *