सामाजिक वैज्ञानिक विषयवस्तुमा आधारित फिल्म अहुरीको पर्वतमा छायाङ्कन हुँदै !

निर्मल पौडेल, पर्वत २०७५ पुस ८ । प्रतिफल फिल्मस् प्रोडक्सनको व्यानरमा सामाजिक वैज्ञानिक विषयवस्तुमा आधारित फिल्म अहुरीको पर्वतका विभिन्न ठाउँहरुमा छायाङ्कन हुने भएको छ । पर्वतका विभिन्न धार्मिक एतिहासिक एवं पर्यटकिय क्षेत्रहरुमा छायाङ्कन गर्न लागिएको अहुरीको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

प्रतिफल फिल्मस्को सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा फिल्मस् वारे जानकारी गराउँदै अहुरीका रचनाकार एवं निर्देशक विशाल लोहनीले अहुरी नेपाली फिल्मी क्षेत्रमा विल्कुल पृथक र नौलो आयम हुने वताए । अहुरीमा दुई सताव्दी अगाडिदेखि वर्तमान अवस्था सम्मको समयको यात्रालाई घटनाप्रदान रुप वाट कथामा अटाएको लोहनीले वताए ।

मोफसलमा रहेर विगतमा सेवेन व्वाइज, भ्रम चलचित्र त्यस्तै अन्य विभिन्न दर्जनौ सर्ट मोभीहरु वजारमा ल्याएको प्रतिफल फिल्मस् प्रोडक्सनले यसपाली फरक रुपवाट अगाडि वढेको लोहनीकाे भनाइ छ । फिल्ममा मिस धौलागिरी लगायत काठमाडौ, पोखरा, मोरङ ,नुवाकोट, पर्वत, बागलु, म्याग्दीका, कलाकारहरुको अभिनय रहने छ । करिव २५ लाख जतिको न्युनतम लागतका निर्माण हुने अहुरीको मंगलवार देखि छायाङ्कन हुने भएको हो । फिल्ममा विषेशगरी पर्वतको आञ्चिलिकता झल्किने देखिएको छ ।

समाजसेवी एवं फिल्मका प्रोडुसर कमल लोहनीको अध्यक्षता निर्देशक विशाल लोहनीको प्रमुख आतिथ्यता,सञ्चारकर्मी ठाकुर रसाइलीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन कलाकार अर्जुन थापाले गरेका थिए । कार्यक्रमा प्रोड्युसर आर सी पौडेल,उपभोक्ता मञ्च पर्वतकी अध्यक्ष सरस्वती भण्डारी सरु, लगायतले वोलेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.